काठमाडौ भदौ ११ । काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राखेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।महानगर प्रहरीले काठमाडौं महानगरपालिका(९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै जरिवाना तिराएको हो ।
स्थानीय रामकुमार थापालाई महानगरपालिकाले प्रशासनिक दण्ड जरिवाना स्वरुप रकम तिराइएको जनाएको छ ।यसअघि महानगरपालिकाले सडकमा फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्नेलगायतमा पनि जरिवाना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्