ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारको अन्त्य गर्ने तागत माओवादीसँग मात्रै छ, कसैको धम्कीले रोकिँदैन : गृहमन्त्री श्रेष्ठ


abc

काठमाडौं, १० भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ माओवादी नेतृत्वको सरकारले नै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता जनाएका छन् । नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले वीरगञ्जमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै हिजो माओवादीको नेतृत्वमा सरकार बनाउँदा सकारात्मक काम भएको स्मरण गरे ।

माओवादीले अँध्यारो युगलाई उज्यालोमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने काम माओवादीले नेतृत्वकै सरकारले गरेको दाबी गरे। अहिले देश समृद्धिको आधार सुशासन भएकाले भ्रष्टाचारविरोधी अभियान चलाएको बताए ।

उनले भने, ‘हामीले थालेको सुशासनको अभियानलाई असफल पार्ने षड्यन्त्र भइरहेको छ । भ्रष्टाचारी र तस्करीहरु अहिले यो अभियानलाई असफल पार्न सकिन्छ भनेर सार संयन्त्रमाथि प्रहार भइरहेको छ । तर म भन्न चाहन्छु प्रचण्ड नेतृत्वको सरकारले सुशासनको अभियान रोक्दैन । यसलाई अगाडि बढाएर सफल बनाई छोड्छ । हामी कसैको धम्की र प्रहारबाट आत्तिने छैनौँ ।’

देश र जनताप्रति प्रतिबद्ध हुँदै नयाँ नेपाल बनाउन सुशासनको अभियानलाई सफल पारिछाड्ने सुनाए । माओवादीले नै यो व्यवस्था ल्याएको उल्लेख गर्दै यसको रक्षा गर्ने पनि आफूहरुकै जिम्मेवारी भएको बताए ।

राजनीतिक परिवर्तनको नेतृत्व गरेको माओवादीले नै आर्थिक क्रान्तिलाई अघि बढाउँदै समाजवादसम्म पुग्ने लक्ष्यका साथ अघि बढेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

सम्बन्धित

दशैंको लागि बसको अग्रिम टिकट बुकिङ अब मोबाइलबाटै

एमाले वाग्मतीको नजरमा कांग्रेस : सत्तामा हुँदा अधिनायकवादी, सत्ताबाहिर अस्थिरताको कारक

पूर्वप्रधानमन्त्री र मुख्य सचिवलाई साक्षी मात्र बनाएकोमा सर्वोच्चले सोध्यो कारण

चीन भ्रमणमा रहनुभएका प्रम: दाहालले आज Chongqing Academy of Agricultural Sciences को अवलोकन गर्नुका साथै आधुनिक कृषि प्रणालीबारे जानकारी लिनुभएको छ।

महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्छ : योगेश भट्टराई

एमाले वाग्मतीको नजरमा रास्वपा : ‘न मास न क्याडर्स पार्टी’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com