ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी सदस्य : बागमतीमा डेढ लाख, कोशीमा छैनन् १० हजार


abc

काठमाडौं, १० भदौ । नेकपा माओवादी केन्द्रको सबैभन्दा बढी सदस्य बागमती प्रदेशमा देखिएका छन्।

देशभर ७ लाख ५२ हजार ९ सय ५६ सदस्य दाबी गरेको माओवादीले १० प्रदेश संरचनाको अभ्यास गरिरहेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन १७–२१ सम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा पेश गरेको सदस्यता अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा देखिएका छन्। अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक– संगठनात्मक प्रतिवेदन अनुसार काठमाडौं उपत्यकासहित १३ जिल्ला रहेको बागमतीमा १ लाख ४७ हजार ३५३ सदस्य छन्।

सदस्य संख्याका हिसाबले मधेस प्रदेश दोस्रोमा छन्। ८ जिल्ला रहेको मधेसमा माओवादीको सदस्य संख्या १ लाख १६ हजार ९७५ छ। रोल्पा, दाङ लगायतका जिल्ला समेटिएको लुम्बिनीमा १ लाख १२ हजार ९१० सदस्य संख्या रहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ।

संगठनात्मक स्थिति र गतिविधि

माओवादी सबैभन्दा कमजोर कोशीमा देखिन्छ। १४ जिल्ला रहेको कोशीमा माओवादी सदस्य ९ हजार ६०१ मात्र छ।

जबकि प्रवास समन्वय प्रदेश भन्दा केही बढी मात्र कोशीमा सदस्य छन्। गण्डकी प्रदेशमा ६६ हजार ६ सय ८७, सुदूरपश्चिम प्रदेश ८० हजार ४८२ हुँदा कर्णाली प्रदेशमा ८५ हजार ७ सय ७४ सदस्य छन।

यसैगरी सम्पर्क समन्वय प्रदेश १९ हजार ३१२, उपत्यका विशेषप्रदेश १८ हजार ३२५, र प्रवास समन्वय प्रदेशमा ५ हजार ५३७ सदस्य छन्।

प्रचण्डका अनुसार यो संख्यालाई अद्यावधिक गर्नुपर्नेछ। माओवादीले भदौ १६ गतेदेखि रुपान्तरण अभियान गर्दैछ। संगठन सुदृढीकरण र सदस्यता अद्यावधिकका लागि माओवादीले तीन महिने अभियान सुरु गर्न लागेको जनाएको छ।

माओवादीको तीन आयोगका साथै ३४ विभागहरू क्रियाशील छन्। विशेष प्रदेशहरूसहित दश प्रदेश समितिहरू क्रियाशील छन्।

भौगोलिक र गैरभौगोलिक गरी ११० जिल्ला समन्वय समितिहरू रहेका छन्। नगर र गाउँपालिका समितिहरू र वडाहरूमा पार्टी समितिहरू विस्तार भएका छन्।

जबस, मोर्चा र पेशागत संगठन गरी जम्मा २९ वटा संगठन क्रियाशील रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रज्ञा भवनमा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

एमाले बागमती प्रदेश अधिवेसनको बन्दसत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल

सम्बन्धित

नेपाल–चीन संयुक्त वक्तव्य : अन्तरदेशीय प्रसारण लाइन र टोखा–छहरे सुरुङमार्ग अघि बढाउने सहमति

इन्द्रजात्रामा काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने

कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई

‘भेप’ प्रकरणको अनुसन्धानमा किन ढिलाइ ?

ओलीले ड्रोन उडाएर गरे एमालेको वाग्मती प्रदेश अधिवेशन उद्घाटन

जिल्ला प्रशासनमा सूचना आएपछि ७० हजार किलो चिनीसहित गोदाम सिल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com