काठमाडौं, १० भदौ । सत्ता साझेदार दल नेपाली कांग्रेसले ४ वटा संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएको छ। आइतबार भएको उम्मेदवारी दर्तामा कांग्रेस सांसद आरजु राणा, रामहरी खतिवडा, सन्तोष चालिसे र जीवन परियारले समिति सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
राणाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी छिन्।
त्यस्तै, खतिवडाले सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्।
चालिसेले अर्थ समिति परियारले संयुक्त संसदीय सुनुवाइ समितिको सभापतिमा उम्मेदवारी दिएका छन्।
एमालेबाट लेखा समितिको सभापतिमा पोखरेल र महिला समितिमा शाहको उम्मेदवारी दर्ता
प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि तय बताएका छन्।
सोही अनुसार आइतबार दर्ता भएको प्रस्ताव सम्बन्धित समितिको बैठकमा प्रस्तावकले सोमबार प्रस्तुत गर्नेछन्।
समर्थकले उक्त प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ।
प्रतिक्रिया दिनुहोस्