ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी प्रदेशमा बजेट शून्यता, सर्वोच्चमा निवेदन दिँदै सरकार


एबीसी न्यूज

काठमाडौं, १० भदौ । कोसी प्रदेशसभाको अधिवेशन अन्त्य गरी तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा आएन । त्यसको अवधि आइतबार सकिँदै छ । योसँगै कोसी प्रदेश बजेट शून्यताको अवस्थामा पुगेको छ ।

आजसम्म सभाबाट पारित भई त्यो अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइनुपर्ने हो । तर, सरकारले बजेट अधिवेशन अन्त्य गरिसकेको छ । तत्कालीन सरकारले ल्याएको अध्यादेश अब कार्यान्वयनमा जाने सम्भावना छैन । योसँगै कोसीमा बजेटविहीनताको अवस्था आएको हो ।

संविधानमा बजेटविहीनताको अवस्था परिकल्पना गरिएको छैन । तर, कोसी प्रदेशको राजनीतिक परिस्थितिका कारण यस्तो स्थिति उत्पन्न भएको छ ।

गएको जेठ ३२ गते कार्कीले एक समारोहबीच बजेट पेस गरेका थिए । तत्कालीन मन्त्री, नेकपा ९एमाले०का प्रदेशसभा सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारी सहभागी समारोहमा बजेट पेस गरिएको थियो ।

अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०र०८१ सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्न बनेको अध्यादेश स्वीकृत गर्न वर्तमान कामचलाउ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले पेस गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । प्रतिस्थापन विधेयक ल्याएर सदनबाट बजेट पारित गर्ने सरकारको योजना थियो ।

तर, मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको सभाध्यक्ष गरेका नेपाली कांग्रेसका सांसद इसराइल मन्सुरी समेतको मत जोडेर भदौ ४ गते विश्वासको मत लिएपछि कार्की पुनः रिट लिएर सर्वोच्च अदालत पुगे । सर्वोच्चले ‘दीर्घकालीन महत्त्व राख्ने निर्णय नगर्न’ पुनः आदेश दियो । र, अध्यादेशमार्फत नै बजेट ल्याउने तयारीमा रहेको सरकार निर्णयविहीन भयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको थियो । अदालतको आदेशपछि अब कुन प्रक्रियाबाट बजेटबारे निर्णय गर्ने भन्ने विषयमा गठबन्धन दल र सरकारबीच छलफल भइरहेको छ ।

कामचलाउ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गौतमले भने, “अदालतले महत्त्वपूर्ण निर्णय नगर्न आदेश गरेकाले बजेटबारे के गर्ने भन्नेमा हामी द्विविधाग्रस्त छौँ । आज अदालतलाई सरकारको तर्फबाट निवेदन दिँदैछौँ ।”

सरकारले लिएको विश्वासको मतका विषयमा यही भदौ १५ गतेदेखि पूर्ण सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको मन्त्री गौतमले बताए । त्यो दिनका लागि पेसी तोकिए पनि सुनुवाइ लम्बिन सक्ने उनको भनाइ छ ।

“आठ–दश दिनसम्म पनि लाग्न सक्छ । हामी गम्भीर नै बनेका छौँ,” उनले भने, “आदेशको प्रकृति के कस्तो हो रु के गर्न र के गर्न नपाइने र बजेट होलिडे कसरी रोक्ने भनेर अदालतलाई सोध्छौँ ।”

कोसीको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले तत्कालीन सरकारले जारी गरेको अध्यादेशले कानुनको स्वरूप प्राप्त नगरे स्वतः निष्क्रिय हुने बताए । “अध्यादेश जारी भएपछि ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित भई प्रमाणीकरण हुनुपर्छ । यो प्रक्रिया पूरा हुन नसके अध्यादेश स्वतः निष्क्रिय हुने कानुनी प्रबन्ध छ,” उनले भने ।

अब के कसरी अघि बढ्ने भन्ने सरकारले निर्णय लिने विषय भएको उनले स्पष्ट पारे । संविधानले बजेटविहीनताको अवस्था परिकल्पना नगरेको उनले बताए ।

चालु आर्थिक वर्ष अध्यादेशानुसार नै प्रदेशमा विभिन्न कर तथा राजस्व उठाइँदै थियो । घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन करलगायत राजस्व भदौ ११ देखि के हुने भन्नेमा कर्मचारी अन्योलमा छन् । कर्मचारीको तलबभत्ता वितरण हुनेरनहुने भन्नेमा समेत द्विविधा छ ।

अर्थविद् भेषप्रसाद धमलाले कोसी प्रदेशमा जटिल परिस्थिति उत्पन्न भएको बताए । बारम्बार सरकार फेरिइरहने प्रक्रिया र सदनको अंकगणितलगायत कारणले विकास निर्माणले गति लिन नसकेको उनको टिप्पणी छ । “बजेट कार्यान्वयनमा नजानु भनेको पनि दलहरूको अकर्मण्यता नै हो,” धमलाले भने ।

कार्की नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटमा क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रकम विनियोजन गरिएको छ । ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com