ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रयान सफल बनाउने भारतिय तीन महिला


ABC NEWS

काठमाडौँ भाद्र—

असार २९ गतेको आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतिश धवन अन्तरीक्ष केन्द्रबाट चन्द्रयान ३ को प्रक्षेपण गरिएको थियो । जसमा रहेको प्रज्ञान रोभर ल्यान्डरबाट बाहिर निस्केर चन्द्रमाको सतहमा हिँड्न थालिसकेको छ ।

चन्द्रयानको यो मिसनसँगै यसमा संलग्न महिला वैज्ञानिकहरुको पनि चर्चा सुरु भएको छ । इसरोको कमाण्ड सेन्टरुमा महिला वैज्ञानिकको समूह फोटोहरु सार्वजनिक भएका छन् । इसरोको प्रमुख एस सोमनाथले महिला वैज्ञानिकहरुले यस अभियानमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए । भारतीय रुपैयाँ ७ अर्ब खर्च गरिएको चन्द्रयान ३ मा करिब १ हजार इन्जिनियर र वैज्ञानिक संलग्न थिए । जसमा एक सयभन्दा बढी महिला इन्जिनियर र वैज्ञानिक संलग्न रहेका थिए । भारतले यसअघि २०१९ मा चन्द्रमामा पठाएको चन्द्रयान २ अवतरणको अन्तिम समयमा दुर्घटनामा परेको थियो । त्यसबेलाको ज्ञान र अनुभवले अहिले चन्द्रयान ३ को मिसन सफल भएको मानिन्छ ।

जसमा एम भनिथा, कल्पना के र रितु करिधल श्रीवास्तवको प्रमुख भूमिका थियो । मिसन सम्पन्न भएसँगै उनीहरूको चर्चा सुरु भएको हो । भनिथा र कल्पना मिसनमा उपनिर्देशकको रुपमा रहेका थिए भने रितुले समीक्षकको भूमिका निर्वाह गरेकी थिइन् ।

विज्ञान, प्रविधि, इन्जियरिङ तथा गणीत ९स्टिम०का क्षेत्रमा पुरुषको दबदबा रहेको स्थानमा यी महिला वैज्ञानिकहरुको कौशललाई लिएर प्रशंसा गरिएको छ । ुचन्द्रयान ३ु को समग्र अभियानमा भने एक सयभन्दा धेरै महिला वैज्ञानिकहरुको भूमिका थियो ।

कल्पना कलाहस्ती

बंगलोर मद्रासकी कल्पनाले चन्द्रयान ३ मिसनमा ल्यान्डर सिस्टरको डिजाइन गर्न र त्यसलाई परिस्कृत गर्न भूमिका खेलेकी थिइन् । ४३ वर्षीया कलाहस्ती सन् २००३ मा इसरोसँग संलग्न भएकी थिइन् । जतिबेला उनी २३ वर्षकी थिइन् । मंगलयान र भू उपग्रह प्रक्षेपणमा पनि उनले भूमिका खेल्दै आएकी थिइन् । सन् २०१९ मा चन्द्रयान २ मा पनि उनले उपनिर्देशकको रुपमा भूमिका खेलेकी थिइन् ।

उनले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी खडकपुरबाट एरोनोटिकल इन्जिनियरिङबाट ग्र्याजुएट र मद्रास युनिभर्सिटीबाट बिटेक गरेकी हुन् ।

एम भनिथा

एम भनिथा चन्द्रयान २ मा परियोजना निर्देशक रहेकी थिइन् । जवकि उक्त यान चन्द्रमामा अवतरणको अन्तिम चरणमा दुर्घटना भएको थियो । ५९ वर्षीया एम भनिथा पेशाले इलेक्ट्रोनिक सिस्टम इन्जिनियर हुन् । जो भारतको चन्द्र अभियानको नेतृत्व गर्ने पहिलो महिलासमेत हुन् ।

२००६ मा एस्ट्रोनोमिकल सोसाइटी अफ इन्डियाबाट ुबेस्ट वोमेन साइन्टिस्टु को उपाधिसमेत पाएकी भनिथाले यसअघि भारतले सञ्चालन गरेका कार्टोस्याट( १, ओसनस्याट( २, मेघाट्रोपिक्स र २०१३ को सफल मंगलयान मिसनमा उपनिर्देशकको रुपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

रितु करिधल श्रीवास्तव

चन्द्रयान ३ मिसनमा ४८ वर्षीया रितु करिधल श्रीवास्तवको सबैभन्दा बढी चर्चा भएको छ । ुरकेट लेडीुको उपनामले चिनिने रितुलाई ुचन्द्रयान ३ु मिसन सफल बनाउने प्रमुख वैज्ञानिकका रुपमा पनि चर्चा गरिएको छ ।

यस मिसनमा उनको महत्त्वपूर्ण भूमिका रहेको भारतीय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । इसरोको महत्त्वपूर्ण सम्पत्ति भन्दै चर्चा गरिएकी रितुले यसअघि मंगल ग्रहमा अन्तरीक्ष यान पठाउने मिसनमा पनि महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।

उत्तर प्रदेशको लखउनस्थित मध्यम वर्गीय परिवारमा जन्मिएकी रितुले लखउन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातक र इन्डियन इन्स्टिच्युट अफ साइन्सबाट एरोस्पेस इन्जिनियरिङ ९एमई० गरेकी हुन् । सानै उमेरदेखि अन्तरीक्ष विज्ञानमा चासो राख्ने रितु सन् १९९७ मा इसरोमा प्रवेश गरेकी थिइन् । यसअघि मंगलयान मिसनमा पनि उनले उपनिर्देशकको रुपमा भूमिका निर्वाह गरेकी थिइन् । २०१३ को मंगलयान मिसनलाई इसरो वैज्ञानिकहरुको महत्त्वपूर्ण उपलब्धिको रुपमा हेरिन्छ ।

रितुकै लगन र मिहिनेतका कारण भारत १८ महिनामै मंगल ग्रहमा पुगेको थियो भने त्यसबेला अभियानको लागत पनि घटेको थियो । चन्द्रयान ३ मा काम गर्नुअघि उनले चन्द्रयान २ मा मिसन डाइरेक्टरको रुपमा काम गरेकी थिइन । त्यसैगरी चन्द्रयान १, जीस्यान ६ ए र जिस्याट ७ ए मा पनि उनी संलग्न रहेकी थिइन् ।

यससँगै दक्षिण एसियाली मुलुक भारत चन्द्रमामा पुग्ने चौथो देश बनेको छ । अमेरिका, रुस र चीनपछि भारतले चन्द्रमामा सफल अवतरण गरेको छ । जवकि कठिन मानिने चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलो पटक अवतरण गर्ने देश पनि भारत नै बनेको छ ।

भारतको यस मिसनले तीनवटा महत्त्वपूर्ण उपलब्धि हात पारेको छ । १। चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरण । २। चन्द्रमामा रोभरको ड्राइभिङ क्षम अवलोकन र प्रदर्शन । ३। चन्द्रमाको संरचनालाई राम्रोसँग बुझ्न चन्द्रमाको सतहमा उपलब्ध सामग्रीको प्रयोग र अवलोकन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com