ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रयान सफल बनाउने भारतिय तीन महिला


ABC NEWS
भाद्र १०, २०८० आईतबार  ११ : २२ बजे

काठमाडौँ भाद्र—

असार २९ गतेको आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतिश धवन अन्तरीक्ष केन्द्रबाट चन्द्रयान ३ को प्रक्षेपण गरिएको थियो । जसमा रहेको प्रज्ञान रोभर ल्यान्डरबाट बाहिर निस्केर चन्द्रमाको सतहमा हिँड्न थालिसकेको छ ।

चन्द्रयानको यो मिसनसँगै यसमा संलग्न महिला वैज्ञानिकहरुको पनि चर्चा सुरु भएको छ । इसरोको कमाण्ड सेन्टरुमा महिला वैज्ञानिकको समूह फोटोहरु सार्वजनिक भएका छन् । इसरोको प्रमुख एस सोमनाथले महिला वैज्ञानिकहरुले यस अभियानमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए । भारतीय रुपैयाँ ७ अर्ब खर्च गरिएको चन्द्रयान ३ मा करिब १ हजार इन्जिनियर र वैज्ञानिक संलग्न थिए । जसमा एक सयभन्दा बढी महिला इन्जिनियर र वैज्ञानिक संलग्न रहेका थिए । भारतले यसअघि २०१९ मा चन्द्रमामा पठाएको चन्द्रयान २ अवतरणको अन्तिम समयमा दुर्घटनामा परेको थियो । त्यसबेलाको ज्ञान र अनुभवले अहिले चन्द्रयान ३ को मिसन सफल भएको मानिन्छ ।

जसमा एम भनिथा, कल्पना के र रितु करिधल श्रीवास्तवको प्रमुख भूमिका थियो । मिसन सम्पन्न भएसँगै उनीहरूको चर्चा सुरु भएको हो । भनिथा र कल्पना मिसनमा उपनिर्देशकको रुपमा रहेका थिए भने रितुले समीक्षकको भूमिका निर्वाह गरेकी थिइन् ।

विज्ञान, प्रविधि, इन्जियरिङ तथा गणीत ९स्टिम०का क्षेत्रमा पुरुषको दबदबा रहेको स्थानमा यी महिला वैज्ञानिकहरुको कौशललाई लिएर प्रशंसा गरिएको छ । ुचन्द्रयान ३ु को समग्र अभियानमा भने एक सयभन्दा धेरै महिला वैज्ञानिकहरुको भूमिका थियो ।

कल्पना कलाहस्ती

बंगलोर मद्रासकी कल्पनाले चन्द्रयान ३ मिसनमा ल्यान्डर सिस्टरको डिजाइन गर्न र त्यसलाई परिस्कृत गर्न भूमिका खेलेकी थिइन् । ४३ वर्षीया कलाहस्ती सन् २००३ मा इसरोसँग संलग्न भएकी थिइन् । जतिबेला उनी २३ वर्षकी थिइन् । मंगलयान र भू उपग्रह प्रक्षेपणमा पनि उनले भूमिका खेल्दै आएकी थिइन् । सन् २०१९ मा चन्द्रयान २ मा पनि उनले उपनिर्देशकको रुपमा भूमिका खेलेकी थिइन् ।

उनले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी खडकपुरबाट एरोनोटिकल इन्जिनियरिङबाट ग्र्याजुएट र मद्रास युनिभर्सिटीबाट बिटेक गरेकी हुन् ।

एम भनिथा

एम भनिथा चन्द्रयान २ मा परियोजना निर्देशक रहेकी थिइन् । जवकि उक्त यान चन्द्रमामा अवतरणको अन्तिम चरणमा दुर्घटना भएको थियो । ५९ वर्षीया एम भनिथा पेशाले इलेक्ट्रोनिक सिस्टम इन्जिनियर हुन् । जो भारतको चन्द्र अभियानको नेतृत्व गर्ने पहिलो महिलासमेत हुन् ।

२००६ मा एस्ट्रोनोमिकल सोसाइटी अफ इन्डियाबाट ुबेस्ट वोमेन साइन्टिस्टु को उपाधिसमेत पाएकी भनिथाले यसअघि भारतले सञ्चालन गरेका कार्टोस्याट( १, ओसनस्याट( २, मेघाट्रोपिक्स र २०१३ को सफल मंगलयान मिसनमा उपनिर्देशकको रुपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

रितु करिधल श्रीवास्तव

चन्द्रयान ३ मिसनमा ४८ वर्षीया रितु करिधल श्रीवास्तवको सबैभन्दा बढी चर्चा भएको छ । ुरकेट लेडीुको उपनामले चिनिने रितुलाई ुचन्द्रयान ३ु मिसन सफल बनाउने प्रमुख वैज्ञानिकका रुपमा पनि चर्चा गरिएको छ ।

यस मिसनमा उनको महत्त्वपूर्ण भूमिका रहेको भारतीय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । इसरोको महत्त्वपूर्ण सम्पत्ति भन्दै चर्चा गरिएकी रितुले यसअघि मंगल ग्रहमा अन्तरीक्ष यान पठाउने मिसनमा पनि महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।

उत्तर प्रदेशको लखउनस्थित मध्यम वर्गीय परिवारमा जन्मिएकी रितुले लखउन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातक र इन्डियन इन्स्टिच्युट अफ साइन्सबाट एरोस्पेस इन्जिनियरिङ ९एमई० गरेकी हुन् । सानै उमेरदेखि अन्तरीक्ष विज्ञानमा चासो राख्ने रितु सन् १९९७ मा इसरोमा प्रवेश गरेकी थिइन् । यसअघि मंगलयान मिसनमा पनि उनले उपनिर्देशकको रुपमा भूमिका निर्वाह गरेकी थिइन् । २०१३ को मंगलयान मिसनलाई इसरो वैज्ञानिकहरुको महत्त्वपूर्ण उपलब्धिको रुपमा हेरिन्छ ।

रितुकै लगन र मिहिनेतका कारण भारत १८ महिनामै मंगल ग्रहमा पुगेको थियो भने त्यसबेला अभियानको लागत पनि घटेको थियो । चन्द्रयान ३ मा काम गर्नुअघि उनले चन्द्रयान २ मा मिसन डाइरेक्टरको रुपमा काम गरेकी थिइन । त्यसैगरी चन्द्रयान १, जीस्यान ६ ए र जिस्याट ७ ए मा पनि उनी संलग्न रहेकी थिइन् ।

यससँगै दक्षिण एसियाली मुलुक भारत चन्द्रमामा पुग्ने चौथो देश बनेको छ । अमेरिका, रुस र चीनपछि भारतले चन्द्रमामा सफल अवतरण गरेको छ । जवकि कठिन मानिने चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलो पटक अवतरण गर्ने देश पनि भारत नै बनेको छ ।

भारतको यस मिसनले तीनवटा महत्त्वपूर्ण उपलब्धि हात पारेको छ । १। चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरण । २। चन्द्रमामा रोभरको ड्राइभिङ क्षम अवलोकन र प्रदर्शन । ३। चन्द्रमाको संरचनालाई राम्रोसँग बुझ्न चन्द्रमाको सतहमा उपलब्ध सामग्रीको प्रयोग र अवलोकन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com