ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीपीएसले तस्करीको गोदामसम्म पुर्‍यायो, एक महिनामा चार सय किलो सुन ओसारेको आशंका


abc

काठमाडौं, ८ भदौ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङमाथि प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ ।

२ साउनमा बरामद भएको उक्त सुन र त्यसअघि पनि पटक–पटक ठूलो मात्रामा सुन तस्करी भएको तथ्य खुलेको र त्यसको मूख्य योजनाकार दावा देखिएपछि अनुसन्धान उनीमाथि केन्द्रित भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले जनाएको छ ।

राजस्व अनुसन्धान विभागको टोलीले दावालाई १४ साउनमा उनैले सञ्चालन गरेको ठमेलस्थित होटल भियनाबाट पक्राउ गरेको थियो । हाल दावासहित सीआईबीले सुन प्रकरणसँग जोडिएका २३ जनामाथि अनुसन्धान जारी राखेको छ ।

६० किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरे पनि संगठितरुपमै सुन तस्करी भएको तथ्य खुलेपछि २१ साउनदेखि सीआईबीले अनुसन्धान थालेको हो । सीआईबीले ६० किलो सुन प्रकरणका योजनाकार दावा र मूख्य लगानीकर्ता याओ पेचिङलाईसमेत पक्राउ गरिसकेको छ ।

लामो समयदेखि नेपालमा बसेका दावा चिनियाँ अपराधिक समूह भित्र्याउने नाइके रहेको खुल्दै गएको छ । दावाको राज्य सञ्चालनमा रहेका विभिन्न शक्ति केन्द्रका व्यक्तिसँग उठबस रहेको थियो । त्यसैको आडमा उनले अवैध धन्दा सञ्चालन गर्दै आएको खुलेको छ ।

उसो त दावाले काभ्रेपलाल्चोकबाट निमा लामाको नामबाट नेपाली नागरिकतासमेत लिएको भेटिएको छ । सुन तस्करी प्रकरणमा मूख्य योजनाकार दावासँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीकोसमेत अस्वाभाविक सम्बन्ध देखिएपछि उनलाई बिहीबार गृह मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ ।

दावा २०६३ यता नेपालमै बसेर विभिन्न अवैध कारोबारमा लागेको प्रहरीको दाबी छ । रोल्पाका माओवादी कार्यकर्ता कमला रोकासँग विवाह गरेका दावाको माओवादी उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सँगसमेत निकट सम्बन्ध देखिएको थियो ।

सुन तस्करी प्रकरणमा दावामार्फत् अवैध कारोबारमा नेपालीसम्म पुग्ने सीआईबीको दाबी छ । हाल सीआईबीको थुनामा रहेका ६ जना चिनियाँको मोबाइल प्रहरी प्रधान कार्यालयको फरेन्सिक ल्याबबाट रिकभर गरेर सीआईबी त्यसको विश्लेषणमा लागेको छ ।

सीआईबी स्रोतका अनुसार दावासहित याओ पेचिङको समूहले महिनामा मात्रै करिब चार सय किलो सुन तस्करी गरेको देखिएको छ ।

तस्करीको सुन सप्लाइको लागि महंगा कारको प्रयोग

६० किलो सुन तस्करी प्रकणको अनुसन्धानमा जुटेको सीआईबीले उनीहरुको अवैध धन्दाबारे नयाँनयाँ तथ्य फेला पार्दै गएको छ । त्रिभुवन विमानस्थलबाट तस्करीको सुन पास भएपछि दावा समूहले सामान्य ट्याक्सीमार्फत् सामान गोदामसम्म पुर्‍याउने गर्थे ।

त्यसको लागि उनीहरुले बालुवाटार, टोखा र सोह्रखुट्टेमा गोदाम खोलेका थिए । विभिन्न पार्टस्मार्फत फिटिङ गरेर सुन तस्करी गर्ने उनीहरुले गोदाममा पुर्‍याएपछि भने सुन गालेर बजारमा लिने गर्थे । उनीहरुको गोदामबाट विभागले यसअघिनै सुन गाल्ने मेसिन बरामद गरेको थियो ।

त्यसरी गालेको सुन बजारमा लैजान उनीहरुले एक निजी कम्पनीमार्फत् महंगा कार भाडामा लिएको नयाँ तथ्य फेला पारेको छ । महिनाको ९० हजारदेखि एकलाख ५० हजारसम्म तिरेर उनीहरुले तीनवटा कार भाडामा लिएर थिए ।

उक्त कारको ‘मुभमेन्ट’ ठमेल न्युरोड क्षेत्रमै बढी देखिएको छ । राजस्व अनुसन्धान विभागको टोलीले कारसमेत नियन्त्रणमा लिएको थियो । तर कार एक कम्पनीले भाडामा दिएको खुलेको थियो । विभागको टोलीले कार भाडामा लगाउने कम्पनीका सञ्चालकसँगसमेत कागज गराएको छ ।

स्रोतका अनुसार कम्पनीले भाडामा लगाएका कारमा जीपीएस प्रणालीसमेत जडान गरेको थियो । सोही कारमा जडान गरिएको जीपीएस प्रणालीको माध्यमबाट चिनियाँको गोदामसम्म विभागको टोली पुगेको खुलेको हो ।

जीपीएस प्रणालीले ‘लोकेसन ट्रयाक’ गर्न सहज हुने गर्छ ।

स्रोतले भन्यो, “चिनियाँहरु बयानमासमेत बोल्दैनन् । तर, उनीहरुले भाडामा लिएको कारमा भाडामा लगाउने कम्पनीले जीपीएस जडान गरेका रहेछन् । त्यो कारको जीपीएस अध्ययन गरेपछि हामी चिनियाँको गोदामसम्म पुगेका हौँ ।”

अनुसन्धानमा खटिएको टोलीले दावा समूहले नेपाल भित्र्याएको अधिकांश सुन नेपाली बजारमै खपत गराउनेसमेत खुलाएको छ । चिनियाँले भाडामा प्रयोग गरेको कार एकपटक पोखरा र चितवन पुगेको समेत देखिएको छ ।

सुन मात्रै होइन मानव तस्करी पनि गर्थे

दावा समूहको सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न खटिएको प्रहरीले उनीहरुले मानव तस्करीको धन्दासमेत गर्ने गरेको अर्को रहस्य खुलाएको छ । अनुसन्धानमा खटिएका प्रहरीले दावा समूहले पूर्वी नेपाल र भारतको सिक्किम, मणिपुर दार्जिङबाट युवतीहरु बोलाएर काठमाडौंमा अवैध धन्दामा लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

भातरबाट आएका युवतीहरु काठमाडौंमा एक–दुई हप्ता बसेर फर्किने गरेको खुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले प्रहरीले दावाका दैनिक गतिविधि र उनीसँग जोडिएका व्यक्तिहरुलाई बोलाएर सोधपुछ गरिरहेको स्रोत बताउँछ ।

ठूलो मात्रामा सुन तस्करी हुँदा भारतबाट नेपाल आएका युवतीमार्फत् उनीहरुले सुन भारत लैजाने गरेको आशंका प्रहरीको छ । विभाग स्रोतका अनुसार दावा समूहले यसअघि पानी तान्ने मेसिनभित्र लुकाएर सुन तस्करी गरेको खुलेको छ ।

एउटै पानी तान्ने मेसिनको तौल उनीहरुले ४५ किलो भनेर नेपाल भित्र्याएको देखिएको छ । ६० किलो सुन तस्करी पनि उनीहरुले ब्रेक सुमार्फत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

सम्बन्धित

इन्द्रजात्रामा काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने

कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई

‘भेप’ प्रकरणको अनुसन्धानमा किन ढिलाइ ?

ओलीले ड्रोन उडाएर गरे एमालेको वाग्मती प्रदेश अधिवेशन उद्घाटन

जिल्ला प्रशासनमा सूचना आएपछि ७० हजार किलो चिनीसहित गोदाम सिल

डिजिटल नेपाल बनाउने सपना छ: प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com