ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘संयुक्त अरब इमिरेट्स पुगेका अधिकांश अदक्ष कामदार श्रम समस्यामा’


abc

काठमाडौं, ८ भदौ । संयुक्त अरब इमिरेट्समा भिजिट भिसालाई श्रममा परिणत गर्ने आप्रवासी कामदारहरु बढी समस्यामा पर्ने गरेको देखिएको छ।

भिसाको प्रकृति परिवतन गर्दा दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट संयुक्त अरब इमिरेट्स पुगेका अधिकांश अदक्ष कामदारहरुमा श्रम सम्बन्धी कागजातको समस्या पर्ने गरेको हो।

महिला बेचबिखन विरुद्धको विश्वव्यापी सञ्जाल ९ग्लोवल एलायन्स अगेन्स्ट ट्राफिक इन वुमन० ले युएईममा कार्यरत नेपाल, भारत, बंगलादेश र श्रीलंकाका आप्रवासी कामदारको अवस्थाबारे गरेको अध्ययनमा यस्तो पाइएको छ।

आप्रवासी कामदारको अधिकारको क्षेत्रमा कार्यरत ४ वटै देशका विभिन्न संघ संस्थाका प्रतिनिधिले ४ दिनसम्म गरेको अध्ययनको क्रममा विशेष गरेर भिसा ट्रान्सफर गर्ने कामदारमा वैधानिक कागजातको समस्यासँगै न्युनतम मानवअधिकार प्रत्याभूतिमा समस्या देखिएको निकर्ष निकालेको छ।

त्यसैगरी प्रमुख कामदार पठाउने देशहरूमा अनैतिक भर्ती अभ्यासका कारण मानव बेचबिखनका घटनामा वृद्धि भएको तथा विश्वव्यापी आर्थिक संकटले आप्रवासी कामदारको अत्याधिक शोषण हुने जोखिम बढाएको पनि अध्ययन टोलीको निस्कर्ष छ।

अध्ययनको क्रममा गन्तव्य मुलुक र कुटनीतिक नियोगबाट कानूनी उपचार खोज्ने संस्कारमा पनि वृद्धि हुन नसकेको पाइएको छ। सञ्जालकी अन्तर्राष्ट्रिय प्रतिनिधि वन्दना पटनायकले गन्तव्य मुलुकमा विभिन्न सरोकारवालासहित आप्रवासी श्रमिकसँग भेट गरी यथार्थ जानकारी लिने अवसर पाउनु ठूलो उपलब्धी भएको भन्दै प्राप्त सिकाईका आधारमा सुरक्षित आप्रवासनको अभियान अघि बढाउने बताइन्।

उनले भनिन्, ‘गन्तव्य मुलुकमा आएर विभिन्न सरोकारवालासहित आप्रवासी श्रमीकसँग भेट्न पाउनु र यहाँको यथार्थताबारे जानकारी लिने अवसर पाउनु भनेको वास्तवमै ठूलो अवसर हो। यहाँ साँच्चिकै कस्तो समस्या पर्छरु भनेर हामीलाई बुझ्न सजिलो भएको छ। अब हामीले यो सिकाईलाई सञ्जालको तर्फबाट आप्रवासी श्रमिक प्रतिको महिलावादी सोचलाई बिस्तार गर्दै लैजान सजिलो भएको छ। जुन कुरा हामीले गर्दै पनि आएका छौँ।’

भारतस्थित सेवा संस्थाका प्रतिनिधि सोनिया जर्जले अवैध रुपमा युएई प्रवेश गरेर श्रममा लागेका भरतीय आप्रवासी श्रमिकमा निकै समस्या देखिएको बताइन्। उनले विशेष गरेर भिजिट भिसामा गएर श्रममा परिवर्तन गरी काम गर्नेहरुमा बढी समस्या देखिएको र त्यस्ता समस्याहरु अनौपचारिक क्षेत्रमा काम गर्नेहरुमा रहेको उल्लेख गरे।

बंगलादेशस्थित ओकुपका अध्यक्ष सकिरुल इस्लामले कामदार भर्ना गर्ने एजेन्सीबाट भएको बद्मासीका कारण आप्रवासी कामदारले समस्या भोग्नुपरेको बताए। उनले बंगलादेश, श्रीलंका, भारत र नेपालका समस्या लगभग एकै किसिमका रहेको बताए। अदक्ष र सामान्य शिक्षा मात्रै भएका कामदारलाई भिजिट भिषामा ल्याएर तल्लो तहको काममा लगाउने गरेको पाइएको बताए।

श्रीलंकास्थित सिडिएसका कार्यकारी निर्देशक एन्ड्रयु स्यामुलले अवैध तरिकाले कामका लागि युएई पुगेका कामदारहरुले सामान्य मानवअधिकार प्राप्त गर्न पनि नसकेको देखिएकाले उत्पत्ति मुलुकका सरकारहरुले पनि यस क्षेत्रमा गम्भीर ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले सम्बन्धित देशमा रहेका दुतावासहरुले आफ्ना मुलुकका आप्रवासी कामदारसँगको सामिप्यता बढाउन जरुरी देखिएको बताए।

नेपालस्थित ओरेककी अध्यक्ष डाक्टर रेणु राजभण्डारी अधिकारीले कुनैपनि मुलुकका सरकारहरुले आप्रवासनका लागि रोक लगाउन भन्दा वैदेशिक रोजगारीमा पठाउने कामदारलाई सीपयुक्त र दक्ष बनाउनुपर्नेमा जोड दिइन्। उनले सरकारले गन्तव्य मुलुकका कानूनबारे आफ्नो देशबाट पठाउने कामदारलाई जानकारी दिनु अहिलेको आवश्यकता भएको बताइन्।

उनले भनिन्, ‘भिजिट भिसामा आएर काम गरी बस्न थालेका कामदारहरुमा समस्या देखिन्छ। नेपालीहरु सीपबिना नै कामका लागि गन्तव्य मुलुकमा आउने गरेको देखिन्छ। सिमित साधन स्रोतमा नेपाली दुतावासले धेरै काम गरेको देखिन्छ। यस क्षेत्रमा अझै धेरै काम गर्न दुतावासलाई स्रोत र साधनयुक्त बनाउनुपर्छ। गन्तव्य मुलुकका कानूनबारे पनि कामदारलाई जानकारी दिनुको साथै कामदारलाई सीपयुक्त बनाएर मात्रै गन्तव्य मुलुकमा पठाउने गर्नुपर्छ।’

मानव बेचबिखन बिरुद्धको विश्वव्यापी सञ्जाल र अन्तर्राष्ट्रिय मापदण्ड तथा मानव बेचबिखन बिरुद्ध लड्नको लागि प्रभावकारी उपायबारे साझा धारणा तय गर्न दुबईस्थित मिडल इस्ट सेन्टर फर ट्रेनिङ एण्ड डेभलपमेण्टको संयोजकत्वमा ग्लोवल एलायन्स अगेन्स्ट ट्राफिक इन वुमनले दुबईमा चार दिने विशेष कार्यक्रम गरेको हो।

अन्तर्राष्ट्रिय एजेण्डामा प्रमुख मुद्दा बनेको आप्रवासन र मानव बेचबिखन बिरुद्धको लडाईंमा साझा धारणा बनाउन अध्ययन भ्रमण सफल भएको निस्कर्षसहित सञ्जालले दक्षिण एशियाका श्रम उत्पत्ति मुलुकमा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको संसदको व्याख्यात्मक घोषणा स्वीकारेका छौं– एमसीसी प्रमुख कार्यकारी अधिकृत अलब्राइट

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

सम्बन्धित

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाद्धारा स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com