ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा जुवाखालबाट पक्राउ परे मुस्ताङका गाउँपालिका अध्यक्ष


abc

काठमाडौं, ८ भदौ । पोखराबाट जुवा खेल्दै गरेको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष पक्राउ परेका खुलेको छ।

पोखरा महानगरपालिका(८ सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवा खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई बिहीबार वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो।

तर पक्राउ परेका अध्यक्ष लालचनले सुरुमा आफ्नो नाम प्रहरीसँग ढाँटेको खुलेको छ।

गाउँपालिका अध्यक्ष पक्राउ परेको जुवाखालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद गरेको छ।

जुवाखालबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष लालचनलाई छुटाउन कास्की कांग्रेस नेताहरु सक्रिय भएका छन्।

लालचनलाई छुटाउन गण्डकीका पूर्व मन्त्रीहरु र कांग्रेसका नेताहरु जुटेर दबाब दिइरहेको प्रहरी स्रोतले उल्लेख गरेको छ।

वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीलेका अनुसार पक्राउ परेपछि अध्यक्ष लालचनले आफ्नो नाम मोहन थकाली भनेर झुक्काएका थिए।

जुवाखालबाट उनीसहित मुस्ताङको घोरपझोङका ५७ वर्षीय इन्द्रबहादुर कार्की, नवीप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुञ्ज हिराचन, रामबजारका राजु गुरुङ र दलबहादुर हिराचन पक्राउ परेका छन्।

उनीहरुलाई शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको ल्हासा र छोंगछिंगमा रणनीतिक वार्ता, मानसरोवरमा शिलापुजनको तस्वीर सार्वजनिक

भुवन केसी पुत्र अभिनेता अनमोल केसी पक्राउ

सम्बन्धित

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

केपी ओली : गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो

दैनिक १४ सय डेंगी संक्रमित थपिँदै, जुलाईयता २० जनाको मृत्यु शुक्रबार

एक घण्टामा सय मत खस्यो, एमाले वाग्मती प्रदेश अधिवेशन :

निर्धारित समयको ३० मिनेटसम्म बैठक सुरु नभए सभापतिले स्थगित गर्नसक्ने, अर्थ समितिको कार्यविधि :

सुदूरपश्चिमको स्थायी राजधानी घोषणाको पाँच वर्ष, कार्यान्वयन नहुँदै सार्ने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com