ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मीनबहादुरको बयान : व्यक्तिको नाममा आइसकेको जग्गा किनेको हुँ, सरकारको हडपेको होइन


abc

काठमाडौं, ७ साउन । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले प्रतिवेदन बुझाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सीआईबीले बुझाएको प्रतिवेदेन हेरेर अभियोगबारे निर्णय लिने छ। उक्त प्रतिवदेनमा उपलब्ध प्रतिवादीहरुको बयान समावेश छन्।

नेपालखबरलाई प्राप्त प्रतिवेदन अनुसार व्यवसायी मीनबहादुर गुरुङलाई लागेको आरोपमा उनले दिएको बयानको पूर्णपाठ स्
मेरो राम कुमार सुवेदी र शोभाकान्त ढकालसँग २०६०र६१ सालतिर ललिता निवास क्याम्पभित्रको जग्गा खरिद गर्ने समयमा भेटघाट भएर चिनजान भएको हो।

त्यसपश्चात ललिता निवास क्याम्पभित्रको जग्गा हामी तीनजनाको संयुक्त नाममा खरिद गरेका हौँ। त्यसपश्चात हामी तीनजना मिलेर भाटभटेनी डेभलपर्स प्रा।लि। खोली जग्गा विकासको काम गरेका हौँ।

भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा।लि। कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रही सञ्चालनमा छ। उक्त कम्पनीको सञ्चालकमा म, मेरी श्रीमती सावित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल छौँ। म र मेरी श्रीमती सावित्रीको नाममा ५१५ सेयर रहेको छ। रामकुमार सुवेदी र शोभाकान्त ढकालको ४९५ सेयर लगानी छ।

हामीले ललिता निवास क्याम्पभित्र खरिद गरेको जग्गामा ढल, बाटो, बत्ती आदिको ब्यवस्था गर्न भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरेका हौँ। ललिता निवास क्याम्पभित्रको अन्दाजी ५ रोपनी जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिको नाममा खरिद गरेका हौँ।

कम्पनीको सञ्चालक समितिको अध्यक्ष भनेर कसैलाई तोकिएको छैन। ललिता निवास क्याम्पभित्रको जग्गा हालसाबिक भएपश्चात विभिन्न जग्गा धनीहरुसँग हामीले कम्पनीको नाममा खरिद गरेका हौँ। नेपाल सरकारको स्वामित्वमा रहेको जग्गामा मोही लाग्छ, लाग्दैन मलाई थाहा छैन, म अनभिज्ञ छु। कम्पनीको बहुमत सेयर मेरो नाममा रहे पनि म अन्य व्यवसायको सिलसिलामा ब्यस्त हुने भएकाले उक्त कम्पनीको काम कारबाही रामकुमार सुवेदीले गर्ने गरेका छन्।

बहुमत सेयर मेरो नाममा भए पनि मलाई जानकारी नभएको हो। २०६७ सालमा सम्माननीय प्रधानमन्त्रीज्यूको निवास विस्तारका क्रममा काठमाडौं महानगरपालिका–४ को सिट नम्बर १०२५र१५ को साविक कि।नं।७५ को ५९५।८० वर्ग मिटर जग्गामध्ये हालको कि।नं। २११ को ९९ दशमलव ३५ बर्गमिटर र ५९१ को ३३ दशमलव ७९ बर्गमिटर जग्गा जग्गाधनी पुर्जाको आधारमा खरिद गरेको हो।

ती जग्गाहरु ब्यक्तिको नाममा कायम भएपश्चात खरिद गरिएको हो। जग्गा के कति रकममा को कसबाट खरिद गरिएको थियो, हाल मैले बिर्सिएँ। मैले ब्यक्तिको जग्गा खरिद गरेको हुँ, सरकारी जग्गा खरिद गरेको होइन। ललिता निवास क्याम्पभित्रको मेरो, मेरो परिवार तथा मेरो आफन्तको नाममा दर्ता कायम भएको जग्गा खरिद गर्दा स्थलगत रुपमा साँध सिमाना छुट्याइएको थियो।

उक्त जग्गाको साँध सिमाना हाल एकिन गर्न सक्दिनँ। मोहीबारेमा मलाई कुनै जानकारी छैन। त्यस सम्बन्धमा निज रामकुमार सुवेदीलाई थाहा होला। ती जग्गाहरु मेरो परिवार तथा आफन्तहरुको लागि आवास बनाउन साथै भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरको गोदाम घर बनाउन खरिद गरिएको हो। उक्त समयमा जग्गाहरुमा जाने बाटो थिएन।

जग्गासँग जोडिएको अरु जग्गा खरिद गरी बाटो जोड्ने योजनाका कारण पहिले बाटो नभएका जग्गा खरिद गरिएको हो । जग्गा पास गर्न घरबाटो सिफारिस लिएका थियौँ। ललिता निवासको जग्गा म र मेरो परिवारले २०६१को सेरोफेरोमा तत्कालीन जग्गाधनीसँग रहेको जग्गाधनी पुर्जाको आधारमा खरिद गरेका हौँ।

उक्त सरकारी जग्गा हिनामिना सम्बन्धमा मेरो तथा मेरो परिवारका सदस्यहरुको कुनै संलग्नता छैन। ललिता निवास क्याम्पभित्रको मेरो तथा मेरो परिवारको नाममा खरिद गरेका जग्गामा मात्र मैले लगानी गरेको हो।

निजले आफ्नो बयानमा किन त्यस्तो व्यहोरा लेखाए, मलाई थाहा भएन। २०६७ सालमा विशिष्ट व्यक्तिहरुको निवास परिसर बिस्तार गुरुयोजना बमोजिम विस्तारित क्षेत्रमा मसमेतको नाममा रहेको भाटभटेनी डेभलपर्सको नाममा रहेको १० आना २ पैसा जग्गा परेको थियो। त्यसबापत सट्टापट्टा भनी के कुन कित्ताको के कति क्षेत्रफल सट्टापट्टा आएको थियो मलाई थाहा छैन।

म र मेरो परिवारले जग्गाधनी पुर्जा र मोठ श्रेस्ता हेरी जग्गा खरिद गरेका हौँ। मैले तथा मेरो परिबारले जग्गा धनी पुर्जा हेरी नियमानुसारको राजस्व तिरी सम्बन्धित जग्गा धनीहरुलाई नगदै रकम बुझाई जग्गा खरिद गरेका हौँ। हाल अन्दाजी २९ रोपनी जति जग्गा म, मेरो परिवार तथा नातेदारहरुको नाममा दर्ता कायम छ।

म, मेरो परिवार तथा मेरो आफन्तको नाममा खरिद गरेको जग्गामा अन्दाजी २र३ करोड लगानी भएको छ। त्यस सम्बन्धमा मलाई थाहा छैन। नेपाल सरकारको नामबाट विभिन्न व्यक्तिहरुको नाममा जग्गा नामसारी, दाखिल खारेज भइसकेपश्चात मसमेतले साविक जग्गाधनीसँग तोकिएको मोल तिरी जग्गा खरिद गरेको हो।

मैले भाटभटेनी सुपर मार्केट परिसरबाहिर पारिवारिक आवास बनाउने सोच राखिरहेको थिएँ। एकिन मिति याद भएन, २०६० माघको दिन बिहानपख श्रीमती सावित्री गुरुङसमेतलाई साथमा लिई मर्निङवाकका क्रममा बालुवाटार पुग्दा चौरमा केही बालबालिका भलिबल खेल्दै गरेको देखेको थिएँ।

उक्त जग्गामा घाँस, घारी र ढल बगिरहेको अवस्था थियो, उक्त जग्गा देख्दा यहाँ पनि खाली जग्गा रहेछ भन्ने थाहा पाएको हुँ। त्यसको करिब १०र१५ दिनपछि मेरो दाइ नाताका रामकाजी कोने, विश्वप्रकाश पण्डित र दीपक भन्ने व्यक्तिसमेतले भाटभटेनीस्थित भाटभटेनी सुपरमार्केटको प्राङ्गणमा मलाई भेटी बालुवाटारको जग्गा विक्रीमा आएको छ, तपाईं पनि खरिद गर्ने भए कुरा गरौँभन्दा मैले मेरो लागि २र३ रोपनी जग्गा राखिदिनु भनेको थिएँ।

त्यसको करिब २र३ दिनपछि शोभाकान्त ढकाल, रामकुमार सुवेदी, विश्वप्रकाश पण्डित, रामकाजी कोनेसमेत अन्य ३र४ जना मानिसहरु भाटभटेनीस्थित भाटभटेनी सुपरमार्केटको कार्यालयमा आई मलाई भेटी बालुवाटारस्थित शैलजा राणा, सुनीति राणा, रुक्मशमशेर जबरा, हेमाद्री शमसेर जबरा, हाटक शमशेर जबरा र हेमन शमशेर जबरासमेतको नाममा दर्ता कायम रहेको जग्गा खरिद गर्नु पर्‍यो भनी मलाई प्रस्ताव गरी जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा, नक्सासमेतका आवश्यक कागजात देखाएकोमा मैले कागज हेर्दा जग्गामा मोहीसमेत देखिएको, एकजनाको नाममा दर्ता रहेको जग्गा अर्को व्यक्तिको नाममा रहेको जग्गाले छेकेको, जग्गामा जाने बाटोसमेत नभएकोले यस्तो झमेला भएको जग्गा खरिद गर्न सक्दिँन भने।

तर, शोभाकान्त ढकाल र रामकुमार सुवेदीले १५ दिनभित्र मोही मिलाउँछौं, राणा परिवारको जग्गासमेत खरिद गर्ने व्यवस्था मिलाउँछौं, तपाईंले किन्दा फरक पर्दैन भनी विश्वाश दिलाए। त्यसभन्दा अघि नै उक्त क्याम्पभित्रको केही जग्गा निज शोभाकान्त ढकाल, रामकुमार सुवेदी, विश्वप्रकाश पण्डित समेतले खरिद गरिसकेको जानकारी गराएकोले निजहरुले भनेको कुरामा विश्वासमा परी ललिता निवास क्याम्पभित्रको जग्गाहरु नियमानुसार राजस्व तिरी सम्बन्धित जग्गा धनीलाई नगदै दिई खरिद गरेको हुँ।

उक्त जग्गामा जान आवश्यक पहुँच मार्गका लागि समेत शोभाकान्त ढकाल र रामकुमार सुवेदीको पहलमा हेमाद्री शमसेर जबरासँग ०।१२।०।० रोपनी जग्गा रामकुमार सुवेदी, शोभाकान्त ढकाल र मसमेतको संयुक्त नाममा खरिद गरेका हौं।

हाल उक्त ०।१२।०।० रोपनी जग्गा ललिता निवास क्याम्पभित्रको जग्गामा रहेको भाटभटेनी सुपर मार्केटको गोदाम र त्यसभित्रका अन्य कित्ता जग्गामा जाने बाटोका रुपमा प्रयोग भइरहेको छ । तत्कालीन समयमा निज कुमार रेग्मी मसमेतको स्वामित्वमा रहेको व्यवसायको कानुनी सल्लाहकार रहेको र निजले मसँग घर बनाउने प्रयोजनका लागि बालुवाटारमा जग्गा खरिद गर्ने इच्छा व्यक्त गरेकाले मैले आफ्नो नाममा रहेको उल्लेखित कित्ता र क्षेत्रफलको जग्गा तत्काल चलनचल्तीको मूल्य लिई निजलाई बिक्री गरेको हुँ।

के कति रकममा बिक्री गरेँ, लिखत हेर्दा थाहा हुन्छ । म तथा मेरो परिवारका सदस्यहरु र मेरो स्वामित्वको कम्पनीसमेतको नाममा खरिद गरेको ललिता निवास क्याम्पको जग्गामध्ये कित्ता नम्ब ७९ को २१७ वर्गमिटर जग्गा वैशाली ट्रेड लिंकलाई, कित्ता नम्बर ८० को ५।९४ बर्गमिटर जग्गा माया गौचनलाई, कित्ता नम्बर ४६६ को २५।८ र कित्ता नम्बर ९४ को ४२।७ वर्गमिटर जग्गा नुतन श्रेष्ठलाई, कित्ता नम्बर ६३ को ४७।७ वर्गमिटर जग्गा विजेन्द्र जोशीलाई, कित्ता नम्बर १२८ को २७४ वर्गमिटर कि।नं। ७० को ९५।४ वर्गमिटर जग्गा संगीता राखेचालाई विक्री गरेको छु, त्यसबाहेक अन्य को–कसलाई के कति जग्गा बिक्री गरियो, एकिन भन्न सक्दिनँ।

मैले ललिता निवास क्याम्पभित्रको जग्गा खरिद गर्ने क्रममा २०६० सालको फागुन, चैत महिनातिर मात्रै रामकुमार सुवेदी र शोभाकान्त ढकालसमेतलाई चिनेको हुँ, तत्कालीन अवस्थामा मसमेतले खरिद गरेको ललिता निवास क्याम्पभित्रको जग्गामा पहुँच मार्गका लागि समेत २०६०÷६१ सालतिरै शोभाकान्त ढकाल र रामकुमार सुवेदीको पहलमा हेमाद्री शमशेर जबरासँग ०–१२–०–० रोपनी जग्गा रामकुमार सुवेदी, शोभाकान्त ढकाल र मसमेतको संयुक्त नाममा खरिद गरेका थियौँ।

प्रधानमन्त्री निवास परिसर विस्तारको क्रममा निवास परिसरबाहिरको बाटो २०६७ सालमा मात्रै बनेको हो, उक्त बाटो तयार हुँदा तत्काल हामीसमेतको स्वामित्वमा रहेको ललिता निवास क्याम्पभित्रको जग्गा हुँदै निर्माण भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

सम्बन्धित

दशैंको लागि बसको अग्रिम टिकट बुकिङ अब मोबाइलबाटै

एमाले वाग्मतीको नजरमा कांग्रेस : सत्तामा हुँदा अधिनायकवादी, सत्ताबाहिर अस्थिरताको कारक

पूर्वप्रधानमन्त्री र मुख्य सचिवलाई साक्षी मात्र बनाएकोमा सर्वोच्चले सोध्यो कारण

चीन भ्रमणमा रहनुभएका प्रम: दाहालले आज Chongqing Academy of Agricultural Sciences को अवलोकन गर्नुका साथै आधुनिक कृषि प्रणालीबारे जानकारी लिनुभएको छ।

महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्छ : योगेश भट्टराई

एमाले वाग्मतीको नजरमा रास्वपा : ‘न मास न क्याडर्स पार्टी’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com