काठमाडौं, ७ साउन । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी अर्थमन्त्रालयमा तानिएका छन्।
साउन ३ गतेको सुन तस्करी प्रकरणपछि पक्राउ परेका दावा छिरिङसँग नियमित सम्पर्क रहेको विवरणसहितका समाचारहरु सार्वजनिक भइरहेका बेला अधिकारीलाई मन्त्रालयमा तानिएको हो।
अधिकारीले सुन तस्करीमा मुछिएका दावा छिरिङसँग पटक पटक सम्पर्कमा रहेर कुरा गरेको म्यासेजसहितका विवरण केही दिनयता सार्वजनिक भइरहेका थिए।
प्रतिक्रिया दिनुहोस्