ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेसीकै दिन आइतबार सन्दीप लामिछाने पाकिस्तान जाने


abc

काठमाडौं, ७ साउन । क्रिकेटर सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने भएका छन्। उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिए पनि त्यो दिन सुनुवाइ हुने सम्भावना कम भएपछि उनलाई आइतबार पाकिस्तान पठाउने तयारी भएको हो।

सन्दीपका कानुन व्यवसायीले आइतबार मुद्दा सुनुवाइ हुने सम्भावना कम भएकाले सन्दीपलाई आइतबार बेलुका पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ ९क्यान० लाई जानकारी गराइसकेका छन्।

आइतबार मुद्दाको पेसी तोकिएको छ। तर आठौं नम्बरमा भएकाले सुनुवाइको पालो आउने सम्भावना कम छ। सुनुवाइ भए पनि त्यसै दिन बहस सकिँदैन। यसअघि पनि न्यायाधीशले एकै दिनमा सुनुवाइ नसकिने भएकाले हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइने जनाएका थिए।

यसपटक पनि त्यस्तै हुने सम्भावना देखिएकाले सन्दीपलाई पाकिस्तान पठाउने तयारी गरिएको हो। यसअघि जिल्ला अदालतमा पेसी तोकिए पनि न्यायाधीशले सन्दीपविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीकी आमाको उमेर विवादित देखिएकाले एकिन गर्न आदेश दिएका थिए।

पर्साको नारायणी अस्पतालले किशोरी र उनकी आमाको जन्ममिति प्रमाणित गरेर पठाइसकेको छ। राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य भने भदौ ५ गते नै पाकिस्तान पुगिसकेका छन्। सन्दीप भने मुद्दाको सुनुवाइको पेसी रहेकैले टोलीसँग पाकिस्तान गएका थिएनन्।

तर आइतबार पनि सुनुवाइ नभए एसियाकप पछि मात्रै पेसी तोक्न सन्दीप पक्षले निवेदन दिने छ। यसअघि विश्वकप छनोटका क्रममा पनि सन्दीप जिम्बावे जाँदा सुनुवाइ पछि धकेलिएको थियो। सन्दीप टोलीभन्दा पछि त्यहाँ पुगेका थिए।

एसियाकपको उद्घाटन खेल भदौ १३ गते पाकिस्तान र नेपालबीच मुल्तान क्रिकेट स्टेडियममा हुनेछ। त्यसपछि भारतविरुद्ध खेल्न नेपाल श्रीलंका प्रस्थान गर्नेछ। भारत र नेपालबीचको खेल भदौ १८ गते हुनेछ।

समूहका तीन टोलीमध्ये दुई टोली अन्तिम चारमा प्रवेश गर्नेछन्। तर एसियाकप खेल्नुअघि नै नेपालले पाकिस्तानमा स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं महानगर र अभियन्ता ई : -बीच ४ बुँदे सहमति, आन्दोलन स्थगित

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो – प्रधानमन्त्री ‘प्रचण्ड

सम्बन्धित

वैदाममा डीएसपीको सरुवा, डाक्टर कुट्ने प्रहरी निरीक्षक निलम्बनमा

अब वर्षमा ५० एमबीबीएस चिकित्सक उत्पादन हुने : कर्णाली प्रतिष्ठानको फड्को

दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्‍ने चिकित्सकहरूको चेतावनी

स्वास्थ्यकर्मीमाथि लगातार कुटपिट– सडकमा निस्किएर मागे गृह र स्वास्थ्य मन्त्रीको राजीनामा

एमसीसी प्रमुख अलब्राइट १४ असोजमा नेपाल आउँदै

रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छु : सभामुख घिमिरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com