ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसी अन्तर्गत विद्युत प्रसारण लाइनका लागि धादिङमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु


एबीसी न्यूज

काठमाडौ भदौ ७ । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति ९एमसीए(नेपाल०द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि धादिङमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्ड तथा रातामाटे सबस्टेशनदेखि नयाँ दमौली अन्तर्गत पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले आज सूचना जारी गर्दै थाक्रे गाउँपालिकाको वडानम्बर ८, ११, १, २, ३, बेनिघाट रोराङ गाउँपालिकाको १०, ९, ८, ७, ५, ४, ३, गजुरी गाउँपालिकाको २, सिद्धलेखक गाउँपालिकाका ६ र ७, गल्छि गाउँपालिकाका ३, २ तथा नीलकण्ठ नगरपालिकाको ५ नम्बर वडामा पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको हो ।सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सरोकारवाला व्यक्तिले अधिग्रहण हुने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा, बालीनाली लगायतका अन्य संरचना भए सोसमेतको मुआब्जा तथा क्षतिपूर्तिको दाबीसहित जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदन दिन सक्नेछन् ।

साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।४०० केभी विद्युत प्रसारण आयोजना निर्माणकै लागि बुटवल सबस्टेशनदेखि दमौली सबस्टेशन खण्डमा पर्ने पाल्पा र मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको छ ।एमसीसी परियोजनाअन्तर्गत अमेरिका सरकारको अनुदानमा रातमाटे(लप्सीफेदी(हेटौंडा(नयाँ दमौली(नयाँ बुटवल खण्डमा प्रसारणलाइन निर्माण गर्न लागिएको हो ।

यसअन्तर्गत भारतीय सीमादेखि न्यु बुटवल, न्यु बुटवल(न्यु दमौली, न्यु दमौली(रातमाटे ९नुवाकोट०, रातमाटे(हेटौंडा र रातमाटे(लप्सीफेदी ९काठमाडौं० प्रसारण खण्ड निर्माण गरिनेछ ।यो प्रसारण लाइनको क्षमता ४०० केभी हुनेछ । त्यस्तै, रातमाटे, दमौली र बुटवलमा तीनवटा ४०० केभीका ठूला सबस्टेसनहरू निर्माण हुनेछन् । प्रसारण लाइनअन्तर्गतका आयोजनामा करिब ४० करोड डलर खर्च गरिनेछ ।एमसीसी अन्तर्गत नै सडक सुधार योजना पनि सञ्चालन हुनेछ । यसअन्तर्गत दाङको भालुबाङदेखि बाँकेको सीमा शिव खोलासम्म ७७ किलोमिटर सडक सुधार गर्ने योजना छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com