काठमाडौं, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दल मान्यताप्राप्त दलहरुको बैठकमा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले आफ्नै दलका उपनेता सुवास नेम्वाङलाई हप्काएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकमा ओली–नेम्वाङ नोकझोक परेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
“ओलीलाई सहमतिको भाषा खै केमा चित्त बुझेन । एकपटक हैन, तीनरचारपटक नै ओलीले यस्तो पनि भाषा हुन्छ भन्दै चित्त बुझाएनन्,” ती नेताले भने, “प्रधानमन्त्रीले कार्यदलले लेखेर ल्याएको कुरामा सहमत हुन्छु भन्नुभयो । तर, ओलीले यस्तो के लेखेको भन्दै झोक्किनुभयो ।”
जवाफमा नेम्वाङले भाषा जान्नेहरुले आफै लेख्नु नि भन्दै प्रतिउत्तर दिएको ती नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्