ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोबाइल डाटाबाटै चल्छ नेपालको ७० प्रतिशत इन्टरनेट


एबीसी न्यूज

काठमाडौै, ६ साउन । नेपालमा डाटा सर्भिसको ७० प्रतिशत हिस्सा ‘मोबाइल ब्रोडब्यान्ड’को रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार इन्टरनेट प्रयोगका लागि खपत हुने डाटामध्ये ७०।४१ प्रतिशत हिस्सा मोबाइल ब्रोडब्यान्डको रहेको हो ।

मोबाइल ब्रोडब्यान्ड भनेको मोबाइल नेटवर्कबाट उपलब्ध हुने वायरलेस इन्टरनेट कनेक्सन हो ।

यस्तै, इन्टरनेट बजारमा २९।४४ प्रतिशत हिस्सा फिक्स्ड ब्रोडब्यान्ड अर्थात् वायर्ड कनेक्सनको रहेको छ । वायरलेस फिक्स्ड ब्रोडब्यान्डको हिस्सा ०।१६ प्रतिशत मात्रै रहेको छ ।

जनसंख्याका आधारमा ९४।८८ प्रतिशतमा मोबाइल ब्रोडब्यान्डको पहुँच पुगेको छ भने, ३९।६७ प्रतिशत जनसंख्या फक्स्ड ब्रोडब्यान्डको पहुँचमा छ ।

बजारमा नेपाल टेलिकमको बलियो पकड
सिम सब्सिक्रिप्सनका आधारमा नेपाल टेलिकमको बजार हिस्सा बलियो देखिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल टेलिकमको हिस्सा ६७।५९ प्रतिशत रहेको छ भने, एनसेलको ३२।४१ प्रतिशत रहेको छ ।

एउटै व्यक्तिले दुईवटा सिम प्रयोग गर्ने तथ्यांक पनि समेटिने हुँदा सबै तथ्यांक वास्तविक भने मानिँदैन ।

४जी इन्टरनेटको सब्सक्रिप्सनको संख्या नेपाल टेलिकममा एक करोड २६ लाख ७९ हजार १८ पुगेको छ भने, एनसेलको ७१ लाख दुई हजार ४७१ रहेको थियो ।

३जी इन्टरनेट सब्सक्रिप्सन गर्नेको संख्या नेपाल टेलिकममा ५९ लाख ३१ हजार २१९ र एनसेलको १८ लाख २२ हजार ४२ रहेको छ ।

फिक्स्ड ब्रोडब्यान्डमा वल्र्डलिंक लिडर
नेपालमा फिक्स्ड अर्थात् वायर्ड ब्रोडब्यान्ड ९केबल–फाइबर इन्टरनेट कनेक्सन० जोड्ने ग्राहक संख्या २६ लाख ४७ हजार ३७९ रहेको छ ।

एउटै परिवारका धेरै जनाले इन्टरनेट चलाउने हुँदा फिक्स्ड ब्रोडब्यान्ड चलाउनेको संख्या भने, एक करोड १५ लाख ६९ हजार ४५ पुगेको छ ।

यसरी एक ग्राहक, परिवार वा एक लाइन बराबर ४।६ प्रयोगकर्ता हुने प्राधिकरणको भनाइ छ ।

फिक्स्ड ब्रोडब्यान्डमा सबैभन्दा बढी ग्राहक अथवा सब्सक्रिप्सन हुने पहिलो नम्बरमा वल्र्डलिंक रहेको छ ।

वायरलेस, केबल र फाइबर गरी वल्र्डलिंकका कुल ग्राहक संख्या ७ लाख ५२ हजार ५ सय ७३ रहेको छ । जुन २८ प्रतिशत बजार हिस्सा हो ।

दोस्रो नम्बरमा नेपाल टेलिकमका ग्राहकको संख्या दुई लाख ८८ हजार ६ सय १४ अर्थात् ११ प्रतिशत रहेको छ ।

तेस्रो नम्बरमा क्लासिक टेकको दुई लाख ७० हजार ३३ ग्राहक र चौथो नम्बरमा भायनेटको दुई लाख ६४ हजार ८३ ग्राहक अर्थात् १०÷१० प्रतिशत बजार हिस्सा रहेको छ ।

दुई लाख ५५ हजार ३९४ ग्राहकसहित पाँचौँ नम्बरमा सुबिसु र छेटौँमा दुई लाख २९ हजार ६४६ ग्राहकसहित डिस मिडिया नेटवर्क रहेको छ ।

त्यसपछि वेब सर्फर, टेकमाइन्ड्स, ब्रोडलिंक र सीजीको क्रमशः ६, चार, दुई र दुई प्रतिशत बजार हिस्सा रहेको छ । अन्य कम्पनीको भने आठ प्रतिशत हिस्सा छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com