ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरानमा विमानस्थल बनाउने भनेर किनिएको जग्गामा धमाधम ‘प्लटिङ


abc

काठमाडौै, ६ साउन । स्थानीयको विरोधका कारण विमानस्थल बनाउने नाममा किनिएको जग्गा बिक्री हुन त सकिरहेको छैन। तर, उक्त जग्गा हात पारेर प्लटिङ गरी महँगो दाममा बिक्री गर्न बतास समूहदेखि देशभरका ठूला कारोबारीहरू लागिपरेका छन्।

धरान उपमहानगरपालिका(१७, डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भनेर यती समूहले हात पारेको जग्गा प्लटिङ गर्न थालिएको छ।

२०६० सालमा धरानका तत्कालीन मेयर कुमारबहादुर कार्की, उपमेयर मीनकुमार सुब्बा र पूर्व मेयर मनोजकुमार मेन्याङ्बोलाई समेत प्रयोग गरेर विमानस्थल बनाउने भन्दै यती समूहले सात बिघाभन्दा बढी जग्गा चलनचल्तीको दामभन्दा सस्तोमा हात पारेको थियो। स्थानीयका अनुसार त्यस वेला कट्ठाको ४० देखि ६० हजारसम्ममा किनबेच भइरहेको जग्गा विमानस्थलका लागि भनेर नगरपालिकाकै रोहबरमा दुई श्रेणीमा विभाजन गरी ‘क’ श्रेणीको जग्गालाई ३० हजार र ‘ख’ श्रेणीको जग्गालाई २८ हजार कट्ठामा यतीले किनेको थियो।

विमानस्थलका लागि जग्गा बिक्री नगरे सरकारले अधिग्रहण गर्ने त्रास र बिक्री गरे विमानस्थलमा जागीरका लागि प्राथमिकतामा राख्ने आश देखाएर हात पारिएको जग्गामध्ये ६ बिघा १८ कट्ठा यती एअरलाइन्सका तत्कालीन अध्यक्ष आङ्छिरिङ शेर्पा र यतीकै तत्कालीन व्यवस्थापक विजयबहादुर श्रेष्ठ सञ्चालक रहेको ‘यती इन्कर्पोरेट प्रालि’ का नाममा दर्ता गरिएको थियो। राजेन्द्र श्रेष्ठ, माधव जोशी लगायतको नाममा रहेको साविकको कित्ता नं। घोपा २ ख ५१, १०८ र ३४८ को करीब १३ कट्ठा जग्गा यती एयरलाइन्सकै तत्कालीन प्रमोटर कुन्दनशमशेर जबराको नाममा दर्ता गरिएको थियो।

जबराको निधनपछि उक्त जग्गा यती इन्कर्पोरेट प्रालिका सञ्चालक विजयबहादुर श्रेष्ठको नाममा गयो। सोही जग्गा यती इन्कर्पोरेटका स्थानीय प्रतिनिधि भनिएका धरानका जग्गा व्यवसायी अशोककुमार अग्रवालको सक्रियतामा किरण राईको नाममा किनबेच भएर प्लटिङ थालिएको हो। जग्गा आफ्नो नाममा आइसकेकाले ‘डोजर’ लगाएको राईले बताए।

यती इन्कर्पोरेटको नाममा रहेको जग्गा भने विवादका कारण धरान उपमहानगरपालिकाले रोक्का गरेको छ।

यती समूहले जग्गा किन्ने वेला तत्कालीन धरान नगरपालिकाको रोहबरमा विमानस्थल निर्माण नभए साविक जग्गाधनीलाई किनेकै दाममा जग्गा फिर्ता गर्ने कागज गरेको थियो। लामो समयसम्म विमानस्थल नबनेपछि साविक जग्गाधनीहरूले कि विमानस्थल बनाउनुपर्ने नत्र कागज गरिए अनुसार जग्गा फिर्ता गरिनुपर्ने आवाज उठाउँदै आएका छन्।

विमानस्थल निर्माणका लागि भनेर यतीले किनेको जग्गा
स्थानीयको विरोधको डरले हाल जग्गा बिक्री गर्दा कट्ठाको १२ लाख थप गर्ने सहमति गरेर साविकका जग्गाधनी राजेन्द्र श्रेष्ठलाई एक लाख रुपैयाँ बैना पनि दिइएको पाइएको छ। श्रेष्ठले ६ महीनाभित्र बाँकी पैसा दिने कागज गरेर हाल एक लाख रुपैयाँ पाएको बताए।

उनले भने, “हाम्रो माग त कि विमानस्थल बन्नुपर्छ नत्र कागज गरे अनुसार जग्गा फिर्ता हुनुपर्छ भन्ने नै हो। तर, हाम्रो जग्गामध्ये केही व्यक्तिको नाममा दर्ता गरिएको रहेछ। त्यसको बैना लिएको हुँ।”

विमानस्थल बन्नुपर्ने र विमानस्थल नबने शर्त अनुसार फिर्ता गर्नुपर्ने माग गर्दै विभिन्न निकाय धाइरहेको साविक जग्गाधनी जीवन भट्टराई यती समूहले सबै जग्गा विमानस्थलकै लागि भनेर दबाबपूर्वक हडपेको र पछि कम्पनी र व्यक्तिका नाममा आफूखुशी दर्ता गरेको बताउँछन्।

“कम्पनी वा व्यक्ति जसका नाममा रहे पनि त्यो सबै विमानस्थल बन्छ भनेर यती समूहले लिएको जग्गा हो। त्यसलाई प्लटिङ गरेर बिक्री गर्न पाइँदैन। विमानस्थल नबने फिर्ता हुनुपर्छ,” उनले भने।

उपमहानगरले छलफलमा बोलायो
जग्गा प्लटिङ भइरहेको वेला धरान उपमहानगरपालिकाले भने बुधबार सम्बन्धित पक्षलाई छलफलमा बोलाएको छ। मंगलबार एक सूचना जारी गर्दै उपमहानगरका मेयर हर्कराज राई ९हर्क साम्पाङ०ले विमानस्थल बनाउनका लागि यती एअरलाइन्सलाई जग्गाधनीले आवश्यक सम्झौता गरी तत्कालीन समयमा बेचेको र हालसम्ममा पनि उक्त स्थानमा विमानस्थल नबनेकाले सरोकारवालासँग छलफल ढाकिएको बताएका छन्।

उपमहानगरपालिकाका वरिष्ठ आर्थिक विकास अधिकृत भक्तिराज शर्माले पहिला जग्गा बिक्री गर्नेहरू र तत्कालीन मेयर कुमारबहादुर कार्की लगायतलाई छलफलका लागि बोलाइएको बताएका छन्।

धरान(१७ का वडाअध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता मनोज भट्टराईलाई भने छलफल डाकिएकोबारे थाहा छैन। “मैले त फेसबूकमा सूचना देखेर थाहा पाएको हुँ। जसले सूचना जारी गरेको हो, उसैलाई सोध्नुपर्छ,” भट्टराईले भने।

जग्गा किन्ने लाइनमा बराह ग्रूप पनि
स्थानीयको विरोधका कारण विमानस्थल बनाउने नाममा किनिएको जग्गा बिक्री हुन त सकिरहेको छैन। तर, उक्त जग्गा हात पारेर प्लटिङ गरी महँगो दाममा बिक्री गर्न बतास समूहदेखि देशभरका ठूला कारोबारी लागिपरेका छन्। पछिल्लो समय उनीहरूले साविकका जग्गाधनीलाई कट्ठाको १२ लाख थपिदिने भनेर फकाइरहेका छन्।

यसरी जग्गा किन्न चाहनेको लाइनमा बचतकर्ताको अर्बौं रकम फिर्ता गर्न नसकेको बराह बचत तथा ऋण सहकारी सञ्चालन गर्ने बराह ग्रूप पनि देखिएको छ। बराह ग्रूपका सञ्चालक शिव लामिछाने र मानबहादुर विश्वकर्मा जग्गा हात पार्न पटक पटक जग्गाधनीको घर पुग्ने गरेका छन्।

उनीहरूलाई धरान उपमहानगरपालिकाकै कार्यपालिका सदस्य तथा एमालेका कार्यकर्ताले साविक जग्गाधनीसँग भेटाउने गरिरहेका छन्। यस विषयमा सोध्दा बराह ग्रूपका सञ्चालकमध्येका एक विश्वकर्माले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं महानगर र अभियन्ता ई : -बीच ४ बुँदे सहमति, आन्दोलन स्थगित

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो – प्रधानमन्त्री ‘प्रचण्ड

सम्बन्धित

वैदाममा डीएसपीको सरुवा, डाक्टर कुट्ने प्रहरी निरीक्षक निलम्बनमा

अब वर्षमा ५० एमबीबीएस चिकित्सक उत्पादन हुने : कर्णाली प्रतिष्ठानको फड्को

दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्‍ने चिकित्सकहरूको चेतावनी

स्वास्थ्यकर्मीमाथि लगातार कुटपिट– सडकमा निस्किएर मागे गृह र स्वास्थ्य मन्त्रीको राजीनामा

एमसीसी प्रमुख अलब्राइट १४ असोजमा नेपाल आउँदै

रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छु : सभामुख घिमिरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com