ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करी प्रकरण : उच्चस्तरीय समिति बनाउनेबारे दलहरुको बैठक सिंहदरबारमा


एबीसी न्यूज

काठमाडौै, ६ साउन । साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनेबारे राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अहिले बैठक बसिरहेको छ। केहीबेरअघि मन्त्रिपरिषद् बैठक बसिसकेपछी दलहरु छलफलमा जुटेका हुन्।

मंगलबारको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बस्न सकेको थिएन।

उच्चस्तरीय समिति गठनबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै, कार्यदलले मस्यौदा बुझाउँदै
यसअघि दलहरुको बैठकले उच्चस्तरीय समितिको कार्यप्रणाली र मापदण्ड बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई तोकेको थियो।

मंगलबार बिहान तीन सदस्यीय कार्यदलको बैठकले उच्चस्तरीय समितिको टीओआरको ड्राफ्ट बनाएको थियो।

उच्चस्तरीय समिति बनाउन दलहरु सहमत, तीन सदस्यीय कार्यदल गठन
तीन नेताको कार्यदलले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति बनाउन सिफारिस स्रोतले जनाएको छ।

मध्यरातको सहमति सीआईबीले अनुसन्धान सकेपछि उच्चस्तरीय समिति
कार्यदललाई बुधबार नै टुंगोमा पुर्‍याएर संसद् खोल्ने गरी दलहरुबीच सहमति हुन लागेको छ। सुन प्रकरणलाई लिएर गत साउन १० गतेदेखि संसद्‍मा निरन्तर अवरोध छ।

प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय समिति चाहिने अडान राखेको छ। उता सत्तारुढ दलहरुले केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान पर्याप्त हुने बताइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com