ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्धव थापालाई मुख्यमन्त्रीको मान्यता नदिन प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र


abc

काठमाडौ भदौ ६ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री उद्धव थापालाई सभामुखले समेत विश्वासको मत दिएकाले मान्यता नदिन माग राख्दै प्रदेश प्रमुख परशुराम खापुंग समक्ष ज्ञापन पत्र बुझाएको छ ।मुख्यमन्त्रीले विश्वासको मत लिन राखेको प्रस्तावको सम्बन्धमा प्रदेश सभाको बैठकमा मत विभाजन हुँदा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएकाले संविधान विपरीत भएको भन्दै मान्यता नदिन एमालेले अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा संविधानको धारा १८६ का विपरीत मत विभाजनका लागि हस्ताक्षर गर्ने कार्य समाप्त भए पश्चात् र मत सच्याउन दिने ३ मिनेटको घण्टी बज्ने समय समेत समाप्त भए पछि मन्सुरीले विश्वासको मत दिन हस्ताक्षर गरेको उल्लेख छ ।पत्रमा भनिएको छ, ‘सभाको अध्यक्षता गरी रहेका इस्राईल मन्सुरीले आफ्नो कुर्सी बाट उठी मत विभाजनका लागि राखिएको कागजमा जबरजस्ती हस्ताक्षर गरी संविधान र कानुनको ठाडो उल्लङ्घन गरेको ब्यहोरा जानकारी गराउन चाहन्छौ ।’

पत्रमा सभाको अध्यक्षता गरेको व्यक्तिले मत दिन नपाउने तर मत बराबर भएमा मात्र निर्णायक मत दिन पाउने व्यवस्था विपरीत पक्षमा ४६ र विपक्षमा ३० मत भएको अवस्थामा अध्यक्षता गर्ने इस्राईल मन्सुरीले सभाको अध्यक्षताको आसन बाट झरेर हस्ताक्षर गरेको उल्लेख छ ।

प्रदेश प्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा यसरी जबरजस्ती ४७ सङ्ख्या पुर्‍याई तथाकथित बहुमत देखाउन गरेको कार्य संविधान, प्रचलित कानुन र संसदीय मूल्य मान्यता समेतको ठाडो उल्लङ्घन गरी जबरजस्ती बहुमत देखाउने कार्य लाई कुनै पनि हिसाबले मान्यता नदिन आग्रह तथा अनुरोध गरिएको छ ।मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन उप सभामुख बिरामी भएपछि अध्यक्ष मण्डलका सदस्यको हिसाबले मन्सुरीले सभाको अध्यक्षता गरेका थिए ।

सभाको अध्यक्षता गरेका मन्सुरीले मत विभाजनको समय सकिए र मत सच्याउने समयमा अध्यक्ष मण्डलमा रहेकी गीता तिम्सिनालाई सभाको अध्यक्षता गर्न लगा उदै थापालाई विश्वासको मत दिएका थिए । सो क्रममा एमालेका प्रदेश सभा सदस्यहरूले नाराबाजी गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रज्ञा भवनमा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

एमाले बागमती प्रदेश अधिवेसनको बन्दसत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल

सम्बन्धित

एमाले बागमती प्रदेश अधिवेसनको बन्दसत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल

समिट एयरले छाडेका डाक्टरहरुलाई लिन मन्त्री किरातीले पठाए अर्को जहाज

टिकट काटिसकेका डाक्टरहरुलाई उतारेर माओवादी नेताहरूले चढे समिट एयर

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com