काठमाडौं, ५ साउन । उपसभामुख इन्दिरा राना मगर प्रधानन्यायाधीशको शपथग्रहणमा अनुपस्थित भएकी छन् । राष्ट्रपति कार्यालयले निमन्त्रणा नपठाएपछि उनी अनुपस्थित भएकी हुन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथग्रहण ४ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको थियो । उक्त शपथग्रहणमा उपसभामुख रानालाई भने नबोलाइएको हो ।
उपसभामुख रानाले पनि पल्लो कोठा अर्थात सभामुखलाई चिठी आउँदा आफूलाई चिठी नआएकाले शपथग्रहणमा उपस्थित हुन नसकिएको जानकारी दिइन् ।
“निम्ता नआई कसरी जानु रु सभामुखको कक्षमा चिठी आयो, मलाई आएन,” उनले बाह्रखरीसँग भनिन्, “संवैधानिक परिषद् सदस्य म पनि हुँ । सिफारिस गर्दा म पनि थिएँ । तर, शपथग्रहणमा अनुपस्थित हुनुपर्दा खिन्न महसुस भएको छ ।”
प्रतिक्रिया दिनुहोस्