ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले गरे नयाँ भरतपुर २२० केभी सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको उद्घाटन


abc

काठमाडौं, ५ भदौ । भरतपुरमा निर्माण भएको २२०र१३२ किलोभोल्ट ९केभी० सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको मंगलबार उद्घाटन गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले यी दुई आयोजनाको उद्घाटन गरेका हुन्। भरतपुर महानगरपालिका–११ आँपटारीमा मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ग्यास इन्सुलेटेड सबस्टेसन ९जिआइएस० प्रविधिमा आधारित सबस्टेसनको उद्घाटन गरिएको हो।नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानी तथा विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो।हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ। एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइनलाई हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको थियो। मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौंडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सवस्टेसनबाट सुरू भई नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालन ल्याइएको छ।

उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विशेष रणनीतिक महत्वको प्रसारण लाइन र सबस्टेशनको उद्घाटन भएको बताए।उत्पादनमा ढिलाइ भइरहेको अस्थामा तीव्रता दिँदै देशभित्र सबैतिर सकेसम्म बढी विद्युत खपतको वातावरण बनाउने उनले बताए।

‘देशमा क्षमता अनुसारको विद्युत् खपत गरेर बाँकी विद्युत् अन्य देशलाई बेच्ने लक्ष्य छ। यसले देशको अर्थतन्त्रमा सुधार ल्याउनेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘भारतसँग चाहिँदा लिने, धेरै हुँदा बेच्ने सहमति छ।’

उनले आफ्नो भारत भ्रमणमा १० हजार मेगावाट १० वर्षभित्रमा बेच्ने सहमति भएकाले त्यहीअनुसार योजनाहरू अघि बढ्ने बताए।बंगलादेशलाई पनि विद्युत बेच्ने त्रिपक्षीय समक्षदारी बनेको भन्दै उनले नेपालमा उत्पादन भएको विद्युत बंगलादेश पठाउने बाटो खुलेको बताए।

प्रधानमन्त्री दाहालले आसन्न चीन भ्रमणमा त्यता पनि विद्युत बेच्न प्रसा रणलाइन बिस्तार गर्ने कुरा अघि बढाउने बताएउर्जा तथा जलश्रोत मन्त्री शक्ति बस्नेतले उत्पादित विद्युतको भार बहन गर्न सक्नेगरी प्रसारण लाइन बिस्तार गर्दै लगेको बताए। उनले अन्तरदेशीय प्रसारण लाइन बिस्तार गर्दै विद्युत विक्री गरिने बताए।

प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौंडा(भरतपुर(बर्दघाट प्रसारण लाइन निर्माण गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा यो आयोजना सुरू गरिएको थियो।प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायत कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो। विश्व बैंक आयोजनाबाट २०७८ कात्तिकबाट पछि हटेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो।

हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आईकम टेलबीच २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो। तर, काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले उक्त ठेक्का तोडी नयाँ टेन्डर गरेको थियो। २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरी बाँकी काम गराइएको थियो।

भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर प्रसारण निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एन्ड ट्रेड कम्पनीसँग कात्तिकमा ठेक्का सम्झौता भएको थियो। कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४ जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेन्डर गरेको थियो। बाँकी रहेको काम गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्स् इलेक्ट्रिकसँग ठेक्का सम्झौता भएको थियो।

नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा केही स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले २०७७ चैत २५ गते स्थानीयको माग बमोजिम अन्तरिम आदेश दिएपछि त्यस क्षेत्रमा पर्ने प्रसारण लाइनको दुई वटा टावर निर्माण रोकिएको थियो। सर्वोच्चले २०७९ असार १२ गते रिट खारेज गरेको थियो। त्यसपछि स्थानीयसँगको मुआब्जा तथा क्षतिपूर्तिका विषयमा निरन्तर छलफल गरी २०७९ चैतमा सहमति भएपछि निर्माण गरिएको थियो।

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग करिब ३ वर्षअघि ठेक्का सम्झौता भएको थियो। कोभिड(१९को महामारीका कारण सबस्टेसन निर्माण प्रभावित भएको थियो।

मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरू गरिएको हो। प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ। चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाई करिब ११३ किलोमिटर छ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत लमजुङको उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ। दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर सबस्टेसन निर्माण सम्पन्न भएको छ भने उदीपुरमा निर्माण अन्तिम चरणमा पुगेको छ। नयाँ भरतपुर सबस्टेसनमा १६०र१६० एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरू छन्।

तेस्रो प्याकेजअन्तर्गत लमजुङको खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ। यस प्याकेजअन्तर्गत खुदी र धारापानीमा सबस्टेसन निर्माणाधीन छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज हुँदै

सम्बन्धित

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज हुँदै

हाङ्जाओमा १९ औं एसियाली खेलकुदको भव्य उद्घाटन (तस्बिरहरू)

सीले प्रचण्डसँग भने– चीन र नेपालले एकअर्काका प्रमुख हित र चासोलाई सधैँ समर्थन गर्नुपर्छ

प्रचण्डको दिल्ली भ्रमणपछि विकास साझेदारीले थप गति लियो– भारत

चीनको हाङ्चाउमा प्रचण्ड–सीबीच प्रतिनिधिमण्डालस्तरी वार्ता, महत्वपूर्ण समझदारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com