ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्र आज टुंगो लाग्ने


एबीसी न्यूज

काठमाडौं, ५ भदौ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत नेताहरुले आज त्यसको संरचना र कार्यक्षेत्र टुंगो लगाउँदै छन् ।

सोमबार बेलुका सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको थियो । सो समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न नेकपा एमालेका सुवास नेम्वाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेसहितको कार्यदल पनि गठन गरिएको थियो ।

सो कार्यदलको बैठक आज बिहान ११ बजे बस्दैछ । सोही बैठकले उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको मस्यौदा तयार पारेर आज दिउँसो बस्ने शीर्ष नेताहरुको बैठकमा पेस गर्ने छ । शीर्ष नेताहरुको बैठक दिउँसो दुई बजे बोलाइएको छ ।

दिउँसो बस्ने शीर्ष नेताहरुको बैठकले उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रलाई अन्तिम रुप दिएपछि समिति गठन हुने नेताहरुले बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार छलेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ गत साउन ३ गते सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ । एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार सहमत भएकाले अब संसदको अवरोध हट्ने विश्वास छ ।

उच्चस्तरीय समिति गठन हुनुपर्ने एमालेको माग र सरकारी संयन्त्रलाई नै छानबिन गर्न दिनुपर्ने सरकारको अडानका कारण संसद अवरुद्ध हुँदा महत्वपूर्ण विधेयकहरु अलपत्र परेका थिए ।

सुन तस्करीको विषयमा सुरुका १९ दिनसम्म राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । त्यसमा संगठित गिरोह संलग्न भएको खुलेपछि थप छानबिन गर्ने जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सीआईबी०लाई दिइएको थियो ।

यो प्रकरणमा हालसम्म २३ जना पक्राउ परिसकेका छन् । ‘ब्रेक शु’बाट छुट्टयाइएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com