ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकार तयार


एबीसी न्यूज

काठमाडौं । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकार तयार देखिएको छ । छानबिन समितिको कार्यदेशबारे गृहकार्य गर्न तीन नेतालाई जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बोलाएको बैठकमा सुन तस्करीबारे छलफलका लागि उच्चस्तरीय समिति बनाउन सत्तारुढ दलहरु सहमत भएका हुन् । एमालेको माग सम्बोधन गर्नका लागि प्रधानमन्त्री तयार भएसँगै संसद अवरोध हट्ने निश्चितजस्तै छ । उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ । सरकारी वकिल लगायत त्यसका सदस्य रहनेछन् । एमाले उपाध्यक्ष सुवास नेम्बाङका अनुसार मन्त्रिपरिषद बैठकले त्यसको कार्यविधि पारित गर्नेछ ।

‘खुलेरै छलफल भयो । प्रधानमन्त्रीले हाम्रा सरोकार सम्बोधन गर्नेगरी कुरा राख्नुभयो,’ नेम्बाङले भने, ‘सुनकाण्ड छानबिनमा देखिएका समस्याका कारण यो प्रकरण नै प्रश्नका रुपमा रहँदै आएको थियो । दलहरु यसमा एउटा निष्कर्षमा पुगेका छन् भन्ने मैले ठानेको छु ।’

उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ । सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेकाले अर्को समिति बनाउनु नपर्ने तर्क गर्दै आएको थियो ।

एमाले प्रमुख सचेतक पदम गिरी भन्छन्, तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मत हामीले आज पनि राख्यौं । सरकारको तर्फबाट पनि उच्चस्तरीय छानबिन समिति बनाउन हामी पनि तयार नै छौं भन्ने आएको छ ।’

सीआईबीले गरिरहेको अनुसन्धानलाई अवरोध नगर्ने गरी छानबिन समिति बनाउन लागेको दाबी दलहरुले गरेका छन् । एमाले प्रमुख सचेतक गिरी सीआईबीको छानबिनमा क्रममा कुनै कमी भए नभएको हेर्नुका साथै तस्करी रोक्न कानुनी र संरचनागत सुधारका लागि चाल्नुपर्ने कामबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा आफूहरु प्रष्ट रहेको बताउँछन् ।

उनका अनुसार छानबिन समिति बनाउन दलहरु सहमत भएपनि त्यस्तो समितिको कार्यादेश के हुने भन्ने टुंगो लागेको छैन । यसको मस्यौदा तयार पार्न एमालेका सुवासचन्द्र नेम्बाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई भोलि ११ बजेसम्म समय दिइएको छ ।

एमाले प्रमुख सचेतक गिरीका अनुसार आज मंगलवार २ बजे शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ ।

राष्ट्यि स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि पनि भोलिको बैठकले सहमति जुटाउने र सदनको अवरोध हट्ने विश्वास व्यक्त गरे ।

आक्रोशित देउवा–ओली, संयमित गृहमन्त्री

बैठक समझदारीमा पुगे पनि सुरुवात तिक्तताबाट भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली दुवैले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुसन्धान टुंगोमा पुर्याउन खोज्नु साटो आफू हिरो हुन खोजेको भन्दै आलोचना गरेका थिए । देउवाले गृह प्रशासनले निष्पक्ष काम गर्नु साटो छानबिन क्रममा टर्चर दिने काम भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।’सरकारलाई हो सबैले विश्वास गर्ने । यस्तो तालले कसरी हुन्छ विश्वास’, देउवाले गृहमन्त्रीलाई सोधेका थिए ।

एमाले अध्यक्ष ओलीले देउवाकै शैलीमा छानबिनमा पक्षपात गरेको भन्दै श्रेष्ठसँग कड्किएका थिए । उनले काण्डमा नाम जोडिएका माओवादी नेता कहिले समातिन्छन् भनेर श्रेष्ठलाई सोधेका थिए । उनले भने, ‘एयरपोर्टमा सुन तस्करी भएको भयै रहेछ । समातेको सुन पनि घटेको घटेकै छ । तपाई खुब बहादुरी गरेर बस्नुभएको छ ।’

गृहमन्त्रीले भने सिआइबीको मनोबल गिर्नेगरी कुनै अभिव्यक्ति नदिन नेताहरुलाई आग्रह गरेका थिए । उनले कुनै तलमाथि भएको भए पनि नियतवश नभएको भन्दै सरकारले सुशासनकै लागि प्रयास गरिररहेको भन्दै सहयोग मागेका थिए ।

यसको अर्थ हाल सिआइबीले गरिरहेको अनुसन्धान करिब निस्क्रिय हुन सक्छ । आयोग बन्ने भन्नुको अर्थ सिआइबीको काममाथि प्रश्न उठ्यो भन्ने नै रहेको नेताहरुले बताए ।

एमाले सुनकाण्डकै कारण देखाएर जारी संसद अवरोध खोल्न तयार हुँदै गरेको भए पनि सिंहदरबारमा भएको सहमतिले उसलाई अवरोध खुला गर्न सहज भएको छ । प्रधानमन्त्री प्रचण्डले अब जारी अवरोधले निकास पाउने भन्दै सबै दललाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com