ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरको सुधार गृहबाट भागेका थिए २२० कैदी, ९२ जना समातिए, अझै १२८ फरार


abc

काठमाडौ, ४ साउन । सानोठिमीस्थित बाल सुधार गृहबाट २२० जना कैदी भागेका छन्।

२ सय कैदीबन्दीहरु भागेपछि भक्तपुरदेखि काठमाडौंसम्मै तनाव भएको छ।

भागेकामध्ये अहिलेसम्म प्रहरीले भक्तपुर र काठमाडौंबाट ९२ जनालाई फेरि पक्राउ गरिसकेको छ।

लाठी र भालासहित ढोका फोडेर निस्किएका उनीहरुले बन्दीगृहको पछाडिको ढोका फुटाएका थिए।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाका अनुसार अझै १२८ जना फरार रहेका छन्।

बन्दीगृहका ४३ जना कैदीहरु भने भागेका छैनन्। उनीहरुलाई अहिले सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ।

तनावका क्रममा सशस्त्र प्रहरी, प्रहरी र कैदीबन्दीसहित २१ जना घाइते भएका छन्। भाग्ने क्रममा कैदीहरुलाई रोक्न खोज्दा प्रहरी पनि घाइते भएका हुन्।

कैदी भाग्ने क्रममा झडप हुँदा सशस्त्र प्रहरीका ८ जना, नेपाल प्रहरीका ७ जना र ६ कैदीबन्दी घाइते भएका छन्।

सुधार गृहमा जम्मा २९८ जना कैदीबन्दीलाई राखिएको थियो। तीमध्ये ४३ जना महिला छन्।

भागेका कैदीबन्दीहरु लाठी र भालासहित काठमाडौंको कोटेश्वरसम्म आइपुगेका थिए।

उनीहरुलाई भक्तपुर प्रहरीले पछ्याएर पक्राउ गरेको हो।

आइतबार रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएपछि बालसुधार गृह तनावपूर्ण बनेको हो।

बालसुधार गृहभित्रका थुनुवाले सोमबार दिउँसो बन्दीगृह प्रशासनविरुद्ध नाराबाजी र तोडफोड गर्दै बाहिर निस्किँदा सुरक्षार्थ खटिएको प्रहरीले रोक्न खोजेको थियो।

झडपपछि आक्रोशित भएका कैदीबन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्किएका थिए।

सुधारगृहले आइतबार बिहान बस्नेतको परिवारलाई उनको मृत्युको खबर दिएको थियो। तर उनको मृत्युको कारण पुष्टि नगरिएपछि आफन्त र कैदीबन्दी आक्रोशित थिए।

आइतबार जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा एक छानबिन समिति बनाएको थियो।

बाहिरी उक्साहटमा लागेर सुधार गृहमा रहेकाहरुलाई उपद्रो नगर्न प्रमुख जिल्ला अधिकारी रिजालले आग्रह गरेका थिए।

छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउने बताउँदै संयमित बन्न र कानुनबाहिर नजान रिजालले भनेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज हुँदै

सम्बन्धित

बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १ को मृत्यू २ गम्भीर घाइते

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट

माटाेकाे ढिस्काेले पुरिदा एक जनाकाे ज्यान गयाे

यस्तो छ आजको मौसम

काठमाण्डाैकाे सतुङ्गलमा चप्पल कारखानामा आगलागी, झन्डै एक करोड रुपैयाँ बराबरको क्षति

नेपाल एयरलाइन्सको न्यारोबडीमा पुनः समस्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com