ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीका मुख्यमन्त्री थापाको विश्वासको मत आज: बैठक अनिश्चित


एबीसी न्यूज

काठमाडौं, ४ भदौ ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यसूची छ ।

साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वासको मत लिनका लागि दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । तर दलहरुमा देखिएको अन्योलताका कारण आजको बैठक नै अनिश्चित बनेको छ ।
सभामुख नभएका कारण सत्तागठबन्धन उपसभामुख सृजना दनुवारले अध्यक्षता गरे मात्रै बैठक अगाडि बढाउने पक्षमा छ । उपसभामुख आफैँ भने बैठकमा अनुपस्थित हुने तयारीमा रहेको स्रोतले जनायो ।

प्रदेशसभा बैठकमा नेकपा एमाले र राप्रपाले आफ्ना ज्येष्ठ सदस्यलाई संसदमा उपस्थित नहुन निर्देशन दिएका छन् । सोही अनुसार एमालेका ७ र राप्रपाका एक सांसदले जरुरी घरायसी काम परेको भन्दै केही दिन बैठकमा उपस्थित हुन नसक्ने सूचना दिएका छन् ।

एमालेका रोहितबहादुर कार्की ७१, मालतीकुमारी लिम्बू ६७, रामप्रसाद महतो ६७, खड्गबहादुर बस्नेत ६७, तारादेवी ढकाल ६६, किशोरचन्द्र दुलाल ६५ र ज्ञानेन्द्र सुवेदी ६४ ले विदा बस्ने निवेदन दिएका छन् । राप्रपा प्रदेशसभा सदस्य गोपालबहादुर विश्वकर्मा ६५ ले पनि उपस्थित हुन नसक्ने भनी निवेदन दिएका हुन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार आठै जनाले निवेदनमा ‘घरायसी जरुरी काम भएका कारण उपस्थित हुन नसक्ने’ उल्लेख गरेका छन् ।

उपसभामुख सृजना दनुवार पनि बैठकमा उपस्थित नहुने तयारीमा छिन् । उनी उपस्थित नभए उनले प्रदेशसभा सञ्चालनका लागि गठन भएको अध्यक्ष मण्डलका सदस्यलाई जिम्मेवारी दिनुपर्छ । सभामुख र उपसभामुख नभएको अवस्थामा अध्यक्ष मण्डलका सदस्यले बैठक सञ्चालन गर्नुपर्छ । प्रदेशसभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ । अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा हुन् । मुख्यमन्त्रीलाई विश्वासको मत पुर्याउनबाट रोक्नका लागि उनले अनुपस्थित हुने निवेदन दिएकी छिन् । उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने बताएका छन् ।

उपसभामुख दनुवार, एमाले प्रदेशसभा सदस्य सुब्बा र राप्रपाका विष्ट अनुपस्थित भएमा सत्ता गठबन्धन संकटमा पर्ने छ । किनकी उनीहरू अनुपस्थित हुँदा प्रदेशसभा सञ्चालनको जिम्मा अध्यक्ष मण्डलमा रहेका सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यको हुनेछ । अध्यक्ष मण्डलमा कांग्रेसका इस्राइल मन्सरी र माओवादी केन्द्रकी गीता तिम्सिना सदस्य छन् । मन्सुरी वा तिम्सिनाले प्रदेशसभा बैठक सञ्चालन गरे मुख्यमन्त्रीलाई विश्वासको मत पुग्दैन । सत्ता गठबन्धन बाहेकका सांसदले बैठकको अध्यक्षता गर्ने अवस्था नआए आजको बैठक स्थगित हुने सम्भावना छ ।

९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा ४७ जना छन्, जुन बुहमत मात्रै हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ । उनको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाको ६ जना सांसद छन् । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आजको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने बताए । उपसभामुखले नै बैठक सञ्चालन गर्नेमा गठबन्धन विश्वस्त रहेको बताउँदै उनले उपसभामुख अनुपस्थित भए बैठक अनिश्चित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com