ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६० किलो सुन तस्करीका मुख्य नाइके पक्राउ परिसके ! खोजिँदै नेपाली ‘कनेक्सन’


एबीसी न्यूज

काठमाडौं, ३ भदौ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २३ आरोपित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को हिरासतमा छन् । तीमध्ये १७ जनालाई राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । ६ आरोपितलाई सीआईबी आफैँले नियन्त्रणमा लिएको हो ।

सीआईबीले पक्राउ गरेका सबै आरोपित चिनियाँ नागरिक हुन् । तीमध्ये एक महिला समेत छिन् ।

गएको साउन ३२ गते दुई चिनियाँ पक्राउ परेका थिए । तीमध्ये एक ६० किलो सुन तस्करीका मुख्य योजनाकार यहो पेचिङ रहेको सीआईबी स्रोतले बतायो ।

उनीसँगै ली विन तेसुङ पनि पक्राउ परेका थिए । तर, यहो पेचिङ नै हङकङ हुँदै नेपालमा सुन तस्करी गर्ने मुख्य योजनाकार रहेको सीआईबी स्रोतको जिकिर छ ।

“६० किलो सुन तस्करीका मुख्य योजनाकार यहो पेचिङ देखिएको छ,” सीआईबी स्रोतले बाह्रखरीसित भन्यो, “उनी नेपाल मात्रै होइन, हङकङ हुँदै भारतको दिल्ली विमानस्थल प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहका नाइके हुन् ।”

सन् २०१९ मा उनी ६ किलो सुनसहित दिल्लीको इन्दिरा गान्धी विमानस्थलको गेट नम्बर–३ बाट पक्राउ परेको पनि खुलेको छ । यो कुरा उनले स्वीकार समेत गरेको सीआईबी स्रोतको भनाइ छ ।

प्रहरीले उनको साथबाट भारतीय आधार कार्ड समेत बरामद गरेको छ । उनीमार्फत नै अरू चिनियाँ सुन तस्करीमा लागेको सीआईबीको आशंका छ । सीआईबीले अरू शंकास्पद चिनियाँ नागरिकमाथि समेत निगरानी बढाएको छ ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पास गरेर बाहिरिएको ब्रेक सुभित्र लुकाइएको सुन राजस्वको टोलीले बरामद गरेको थियो । रेडी ट्रेड कम्पनीमार्फत आयात गरिएको पाटर््समार्फत सुन तस्करी गरिएको खुलेको थियो ।

तीन महिनाको अवधिमा हङकङबाट मात्र ३३ र दुबईबाट समेत गरेर ३४ पटक कार्गोमार्फत मोटरपाटर््सका नाममा सुन भित्र्याएको खुलेको छ ।

नेपालमा ‘सेटिङ’को जिम्मा दावालाई
पक्राउ परेका तिब्बतियन मूलका बेल्जियन नागरिक दावा छिरिङमार्फत पेचिङले नेपालमा सुन तस्करीको सञ्जाल फैलाएको सीआईबीको अनुसन्धानका क्रममा खुलेको छ ।

पेचिङले महाराजगन्ज, चप्पल कारखानास्थित एउटा घर नै माहिनाको एक लाख २० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएको खुलेको छ ।

दावामार्फत उनले नेपालका विभिन्न व्यवसायीदेखि उच्च तहका नेतासम्म सम्बन्ध विस्तार गरेको देखिएको छ । नेपालीसँग उनको सम्बन्ध कस्तो हो भन्ने बारेमा पनि सीआईबीले अनुसन्धान थालेको छ ।

साउन १० गते दावालाई ठमेलको भियना होटेलबाट राजस्वको टोलीले पक्राउ गरेको थियो । दावासँग नेपाली नागरिकता समेत भेटिएको छ । रोल्पाकी माओवादी कार्यकर्तासँग बिहे गरेका दावाको सो पार्टीका शीर्ष नेताहरूसँग बाक्लो उठबस रहेको खुलेको छ ।

काभ्रेपलाञ्चोक प्रशासनबाट जारी गरिएको उनको नागरिकताको अभिलेख भने भेटिएको छैन ।

साउन २१ देखि सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न थालेको हो । सीआईबीले संगठित तस्करीबारे अनुसन्धान गरिरहेको छ । तस्करीको जालो अझै बढ्न सक्ने सीआईबीले जनाएको छ ।

दावा र पेचिङमार्फत तस्करीमा केही नेपालीको संलग्नताबारे समेत सीआईबीले अनुसन्धान थालेको छ ।

प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले भने अनुसन्धान अझै जारी रहेकाले अहिले नै नेपालीको भूमिकाबारे केही खुल्न नसकेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com