ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसीकी उपसभामुख अनुपस्थित भए कसरी सञ्चालन हुन्छ प्रदेशसभा बैठक ?


एबीसी न्यूज

काठमाडौं, ३ भदौ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भोलि ९सोमबार विश्वासको मत लिने तयारी गरेका छन् ।

थापाले यस बारेको सूचना शुक्रबार नै प्रदेशसभामा दर्ता गराइसकेका छन् । आइतबारलाई मागिएको समय उपसभामुख सिर्जना दनुवारले फेरबदल गरी सोमबार तोकेकी छन् ।

दनुवार एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

‘यदि बैठकमा उपसभामुख दनुवार अनुपस्थित भए सभा कसरी सञ्चालन हुन्छ रु’

गठबन्धनको रणनीतिलाई असफल पार्ने र सत्तामा पुनः पुग्ने एमालेको प्रयासबीच कोसीसभामा सोमबार बैठकको अध्यक्षता कसले गर्ला भन्ने विभिन्न ‘खेलहरू’ भइरहेका छन् ।

सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने ‘संवैधानिक नियम’ भए पनि उनीहरूको अनुपस्थितिमा हुने सभाको कारबाहीबारे कोसी प्रदेशसभा सञ्चालन नियमावली, २०७४ ९पहिलो संशोधन मा स्पष्ट उल्लेख छ ।

नियमावलीको नियम ११ को उपनियम १ मा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्धी व्यवस्था छ । जसअनुसार सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न समय–समयमा बढीमा पाँचजना सदस्यहरूलाई मनोनीत गर्न सक्नेछन् ।

उपदफा ९२० मा उपसभामुख तथा उपनियम ९१० बमोजिम मनोनयन गरिएको सदस्यले अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्नेछन् ।

सोमबार उपसभामुख उपस्थित नभएमा प्रदेशसभा सञ्चालन नियमावलीअनुसार सभाध्यक्ष मण्डलका सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुन्छ । उनीहरूको मनोनयन पहिल्यै भइसकेको छ । यसमा नेपाली कांग्रेसका इसराईल मन्सुरी, नेकपा ९माओवादी केन्द्र०की गीता तिम्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अम्बरबहादुर विष्ट र नेकपा ९एमाले०की मालतीकुमारी लिम्बू छन् ।

मुख्यमन्त्री थापाले संविधानले व्यवस्था गरेअनुरुप आफूले विश्वासको मत लिन त्यसको सूचना प्रदेशसभामा दर्ता गराएको बताउँदै भने, “सभा सञ्चालन गर्न नै कठिन होला भन्ने मैले सोचेको छैन । सभाबाटै विश्वासको मत पाउनेमा म ढुक्क छु ।”

गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद छन् । थापा तिनै सांसदको समर्थनमा साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

सभा सञ्चालन हुन नदिन एमालेले बनाएको रणनीतिअनुसार उपसभामुख अनुपस्थित हुँदा अध्यक्ष मण्डलका सदस्यहरू राप्रपाका विष्ट र एमालेकी लिम्बू पनि अनुपस्थित हुने गठबन्धन दलका सांसदहरूको अनुमान छ ।

यस्तो अवस्थामा फेरि गठबन्धनबाट अध्यक्ष मण्डलमा सदस्य रहेका सांसदहरू कांग्रेसका मन्सुरी अथवा माओवादीकी तिम्सिनाले सभा सञ्चालन गर्नुपर्ने हुन्छ ।

कांग्रेसका एक सांसदले भने, “गठबन्धनकै सांसदले सभा सञ्चालन गर्दा उहाँले मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने द्विविधा कायमै छ । संख्या बराबर भएको अवस्थामा मत हाल्न पाउने भए पनि एमाले सांसद अनुपस्थित हुँदा के गर्ने भन्ने तय हुन बाँकी छ ।”

एमालेले ‘जसरी पनि गठबन्धनलाई रोक्ने र गठबन्धनले जे गरेर भएपनि’ विश्वास मत लिने भन्ने हठका कारण फेरि यो विषय अदालतमा जान सक्ने ती सांसदले जिकिर गरे ।

“सभाको अध्यक्षता गर्नेले विश्वासको मत दिए एमाले फेरि अदालत जान सक्छ,” उनले भने ।

नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्की उपसभामुख अनुपस्थित हुने भन्ने आफूले कल्पना नगरेको बताए ।

“उहाँ आफ्नो जिम्मेवारीबाट भाग्नु हुन्न होला भन्ने हाम्रो विश्वास हो,” कार्कीले भने ।

उपसभामुख दनुवारले सञ्चारकर्मीहरूसँगको कुराकानीमा ‘राजीनामा नदिने र सभा सञ्चालन गर्ने’ बताउने गरेकी छन् ।

थापाले विश्वासको मत नपाए के हुन्छ ?
मुख्यमन्त्री थापाले विश्वासको मत पाउन नसक्ने अवस्था भए राजीनामा दिने र संविधानको धारा १६८ को उपधारा ९२० अनुसार फेरि मुख्यमन्त्रीमा नियुक्त हुन सक्छन् ।

पहिले सभामुख समेतको हस्ताक्षर गरी सरकार गठनको दाबी गर्दा थापा नेतृत्वको सरकार गठन प्रक्रियालाई ‘असंवैधानिक करार दिँदै’ सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

कोसी प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् । यो संख्या बहुमत पुग्ने ४७ हो ।

यसैगरी एमालेसँग ४० र राप्रपासँग ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् । यसअघि एमालेका हिक्मत कार्की नेतृत्वको सरकारमा राप्रपा सहभागी थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com