ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवन्त नेपाल म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै


abc

काठमाडौं, १ भदौ ।  अग्लेश्वरी हिल्स् विकास कोषको आयोजनामा रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेबी पर्यटन प्रवद्र्धनको लागि दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुने भएको छ । खाँडादेबि, सुनापाति र दोरम्बा गाउँपालिकाको सहकार्यमा तीनवटै गाउँपालिकाको केन्द्रमा पर्ने अग्लेश्वर हिलमा विश्वकै अग्लो बुद्धको मुर्ति निर्माण गर्न दोस्रो संस्करणमा ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुन लागेको हो ।

संगीत प्रवद्र्धन साथै स्रष्टाको सम्मान र प्रोत्साहन गर्न अवार्ड कार्यक्रममा आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा समावेश गरिने जनाइएको छ । अवार्डका लागि गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, वाद्यवादक, म्युजिक भिडियो निर्देशक, छायांकार, सम्पादक, कोरियोग्राफर, मोडल, ड्रेस डिजाइनर, मेकअप आर्टिष्टजस्ता विविध विधामा अवार्ड प्रदान गरिनेछ ।

अग्लेश्वरी हिल्स् विकास कोषको आयोजनामा हुने जीवन्त म्युजिक अवार्डको दोस्रो संस्करणका लागि खुला आवेदन अब १५ दिनसम्म मात्र रहने छ । यसका लागी अवार्डमा सहभागी हुन चाहने स्रष्टा तथा कलाकारले आगामी १५ दिन भित्र फारम भरिसक्नुपर्ने अवार्ड कार्यक्रमका संयोजक तथा रामेछाप कलाकार समाजका अध्यक्ष कुमार कार्कीले जानकारी दिए ।

आवेदनका लागि अग्लेश्वरी हिल्स्को वेबसाइट र फेसबुक पेज तथा अग्लेश्वरी हिल्सको कार्यालय नयाँ बानेश्वर, थापागाउँबाट फारम भर्न सकिने छ । फारमबाट प्राप्त सम्पूर्ण रकम अग्लेश्वरी हिल्स रामेछापको विकाश तथा पर्यटन प्रवद्र्धनमा खर्च गरिने आयोजकले बताएको छ । बिहिबार जमलको दि ओल्ला क्याफेमा आयोजिक पत्रकार सम्मेलनमा अवार्ड कार्यक्रम बारे जानकारी गराइएको थियो । कार्यक्रमलाई ओला क्याफेका सञ्चालक हरि पुडासैनी लगायत अतिथीले सफलताको शुभकामना दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

सम्बन्धित

‘एक भगवत गीता’बारे विकास बोर्डमा निर्णायक छलफल, आजै सेन्सर सिफारिस पाउने

मुद्दा र मनोरञ्जन एकसाथ पस्किन सफल ‘जवान’

‘के लत बस्यो’का एरेन्जर रिदम कँडेलले ल्याए ‘तिमी आएपछि’ म्युजिक भिडियो

इन्स्टाग्राममा फलो गरेका व्यक्तिसँग ‘लभ’ पर्दा फाइनान्सकी रिसेप्सनिष्टको १४ लाख स्वाहा

ट्वीटरमा अब फेसबुक जस्तै लाइभ गर्न मिल्न‍े एलन मस्कको घोषणा

गुरुङ चलचित्र ‘पजे गोरे’ काठमाडौंमा प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com