ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीले गुमायो प्रधानमन्त्री प्रचण्डको विश्वास


एबीसी न्यूज

काठमाडौं, ३२ साउन । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवासको मुद्दा र भन्सारबाट ल्याएको सुन समातेर चर्चामा आएको नेपाल प्रहरीले हालका केही दिनमा गरेका अक्षम्य गल्तीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वास गुमाउँदै गएको देखिएको छ ।

मंगलबार सम्पादकहरूसँगको भेटघाटमा प्रधानमन्त्री दाहालले नेपाल प्रहरीले गरेका गल्तीहरूले सरकारको विश्वसनीयतामा प्रश्न उठ्न गएको विषयलाई स्वीकार गरेका थिए । पूर्वसभामुख कृष्णबहादुर महरा तथा उनका सुपुत्र राहुल महराको सुन तस्करहरूसँगको साँठगाँठको समाचारले अहिलेको सरकार सबैभन्दा अप्ठेरोमा परेको छ ।

महरा बाबु छोराको नाम पुलिस रिपोर्टमा शंकास्पदको सूचीमा राख्ने तर उनीहरूविरुद्ध मुद्दा नचलाउने कार्य गरेकाले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको नेतृत्त्वप्रति नै प्रधानमन्त्रीले प्रश्न उठाएका छन् ।

“प्रहरीका आईजीपी र सीआईबीका प्रमुखलाई गृहमन्त्रीकै अगाडि राखेर महराजीको विषयमा के भएको हो भनेर सोधेका थियौं । उहाँहरूले पहिले नराख्नुपर्ने नाम परेको भनेर बहाना बनाउनु भयो । त्यस्तो हो भने जनता समक्ष गएर सीआईबीले गल्ती भयो भनेर सच्याउनुप¥यो भनियो । त्यसपछि फेरि महराका बाबु छोरालाई पनि अनुसन्धानको घेरामा ल्याउँछौं भन्नुभयो,” प्रधानमन्त्री दाहालले सम्पादकहरूसमक्ष स्पष्ट कुरा राखे ।

आफ्नो निकटको नेता भनेर आफूले बचाउन नखोजेको र प्रहरीलाई पनि बचाउनुपर्दैन भन्दा भन्दै सरकारको विश्वसनीयतामा प्रश्न उठ्ने कार्य भएको कुरा प्रधानमन्त्री दाहालको टिप्पणी थियो ।

ललिता निवास प्रकरणमा पनि ‘मीनबहादुर गुुरुङ एक प्रतिष्ठित व्यापारी भएको र भागेर कतै जान नसक्ने भएकाले हिरासतमा लिएर कारवाही नगर्नू भनेका थियौं तर प्रहरीले सबैभन्दा उच्च संलग्नता उनकै भएको भनेर अड्डी लिएका कारण नथुन भन्न सकिएन’ दाहालले बताए ।

गुरुङको हिरासतका कारण अहिले निजी क्षेत्रले सरकारको तीव्र आलोचना गर्न थालेको परिप्रेक्ष्यमा दाहालले आफ्नो बाध्यता सम्पादकहरूमार्फत् सार्वजनिक गरेका हुन् ।

देशमा भएभरका सबै समस्या अहिल्यै समाधान हुन्छ भनेझैं गरी नक्कली प्रमाणपत्रको केसमा नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई गिरफ्तार गरेर पनि सीआईबीले प्रधानमन्त्रीलाई निकै अप्ठेरोमा पारिदिएको उनको संकेत थियो ।

गिरफ्तार गरेको २४ घण्टा नबित्दै अदालतले उनलाई हिरासतमुक्त गरिदिएर प्रधानमन्त्रीलाई नेपाली कांग्रेससमक्ष केही सहज बनाएको छ भने नेपाल प्रहरीको सीआईबीलाई भने मुख देखाउन नहुने अवस्था बनाइदिएको छ ।

त्यतिमात्र होइन डा। रञ्जितकुमार यादवलाई नाम मिलेकै भरमा पक्राउ गरेर उनको ठूलो सार्वजनिक बेइज्जती गरेर पछि ‘गल्ती भयो’ भन्दै छाड्नु परेकोमा पनि सरकारको बदनाम भएको र यसका लागि प्रधानमन्त्रीले सीआईबीलाई जिम्मेवार ठानेका छन् ।

यस बाहेक पनि पक्राउको सूचीमा पर्दै नपरेको र कुनै पनि सरकारी निकायले अनुगमन गर्न भनेर अनुरोध नगरेका १९ वर्षीय रोहन अडुकियालाई त्रिभुवन विमानस्थलमा २१ घण्टा हिरासतमा राखेको विषयले पनि सरकार जबर्जस्तीपनमा उत्रिएको संकेत गरेको छ । यस विषयले पनि सरकारको साख गिराउन भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।

सीआईबीकी प्रमुख किरण बज्राचार्यले यी सबै घटनामा आईजीपी बसन्तबहादुर कुँवरको कमाण्डको बेवास्ता गर्दै सीधै गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन भन्दै काम गर्ने गरेकाले आईजीपी कुँवर पनि आक्रोशित रहेको स्रोत बताउँछ ।

प्रहरीमा चेन अफ कमाण्ड तोडेर नेता खुसी बनाउने काम हुँदा सिंगो संगठनलाई असर पर्ने भन्दै कुँवरले एआईजीपीहरुलाई बहकावमा नलाग्न निर्देशन दिएको स्रोतले जानकारी दियो ।

“सीआईबीले गरेका काम पाँच दिनपछिमात्रै मलाई जानकारी हुन्छ,” कुवँरले केही प्रहरी अधिकृतसँग गरेको कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो, “यसरी संगठन भताभुंग पार्ने काम कसैबाट पनि हुनुहुँदैन । यसले दीर्घकालीन असर पार्न सक्छ ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com