ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउन सकिए पनि रोपाइँको काम अझै बाँकी, धानको उत्पादन घट्ने


एबीसी न्यूज

काठमाडौ साउन ३२ । देशभर यसवर्ष झण्डै ९० प्रतिशत मात्र रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा ९४ प्रतिशतसम्म रोपाइँ भएको थियो । देशभर १४ लाख ८८ हजार ४९ हेक्टरमा धान रोपाइँ हुन्छ । तर यसपालि झण्डै १३ लाख हेक्टरमा मात्रै रोपाइँ भएको छ ।कृषि मन्त्रालयका अनुसार सबैभन्दा कम मधेस प्रदेशमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ । अब रोपाइँ हुन नसके धानको उत्पादन घट्ने र नेपालले गर्दै आएको धानरचामलको आयात थप बढ्नेछ । यसवर्ष धान रोपाइँ हुने क्षेत्रफल घटेको छ । विशेषगरी मधेस, बाग्मती र गण्डकीमा ढिला मनसुन शुरु हुँदा र पशुचौपायामा फैलिएको लम्पी स्किन रोगका कारण रोपाइँमा कमी भएको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीका अनुसार यसवर्ष सबैभन्दा कम मधेसमा झण्डै ७० प्रतिशत रोपाइँ भएको छ । अझै केही दिन रोपाइँ हुने भएकाले यो तथ्याङ्क बढ्ने अनुमान छ । गएको वर्ष मधेसमा साउन सकिँदा झण्डै ९३ प्रतिशतसम्म रोपाइँ भएको थियो ।मनसुनमा पानी नपर्दा आकाशे पानीको भरमा रहेका मधेस प्रदेशका धेरै किसानले धान नै रोप्न पाएनन् । तर केही दिनअघिको पानीले थोरै भए पनि राहत पुगेको किसानको भनाइ छ ।

मधेस प्रदेशका आठवटै जिल्लामा गरी कुल पाँच लाख ७४ हजार तीन सय ६० हेक्टर खेतीयोग्य जमिन रहेकोमा चार लाख पाँच हजार चार सय ५० हेक्टर क्षेत्रफल धान रोपाइँ योग्य जग्गा छ ।साउनको तेस्रो हप्तासम्म ६० प्रतिशत मात्रै रोपाइँ भएकोमा पानी परेपछि झण्डै १० प्रतिशत बढेर ७० प्रतिशत पुगेको मधेस प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता एवम् खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख रोशन मेहताले बताएका छन ।

धान उत्पादनको धेरै हिस्सा ओगट्ने तराई–मधेसलाई अन्नको भण्डार मानिन्छ । धानबाली विज्ञ सुशील सुवेदीका अनुसार यसवर्ष उत्पादन घट्ने देखिएको छ । भदौ पहिलो हप्तासम्म पनि तराईका केही क्षेत्रमा रोपाइँ हुन सक्ने तर असार–साउनमा रोपेको धानले दिने जति उत्पादन नदिने विज्ञको भनाइ छ ।बुढो भएको बिउबाट त्यति धेरै फल नलाग्ने धानबाली विज्ञ सुवेदी बताउनछन । धेरै धान फल्ने क्षेत्रमै कम रोपाइँ हुँदा उत्पादन घट्ने चिन्ता छ ।

जग्गा बाँझो राख्नुभन्दा बिउको जोहो गर्न सके धान रोप्न र धानबाली नभए अरु दलहन, कोदोजन्य बाली तथा तरकारी खेती गर्न उनको सुझाव छ ।सुक्खायाममा पनि उत्पादन हुन सक्ने बाली लगाएर बाँझो जग्गाको सदुपयोग गर्न र उत्पादन लिन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com