ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन लिएका थिए अक्षयले क्यानाडाको नागरिकता?


एबीसी न्यूज

काठमार्डौ, ३१ साउन । बलिउडका चर्चित अभिनेता अक्षय कुमार मंगलबार ९अगस्ट १५० देखि मात्र कानुनी रूपमा भारतको नागरिक बने। अर्थात् उनले मंगलबार भारतीय नागरिकता लिए।

अभिनेता अक्षयले भारतको ७७औं स्वतन्त्रता दिवसका अवसरमा मंगलबार आफूले पाएको भारतीय नागरिकताको प्रमाणपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै खुसी प्रकट गरेका थिए।

तस्बिरका साथ उनले लेखे, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी ९भारतीय। स्वतन्त्रता दिवसको शुभकामना१ जय हिन्द।’

वास्तवमा बलिउड अभिनेता भए पनि अक्षय यसअघि क्यानाडेली नागरिक थिए अर्थात् उनीसँग क्यानाडाको नागरिकता थियो। जसका कारण उनले बारम्बार आलोचनाको सामना गर्नुपरेको थियो।

किन लिएका थिए अक्षयले क्यानाडाको नागरिकतारु
अक्षय कुमारले विगतमा भनेका थिए– नब्बेको दशकमा एक यस्तो समय आयो, जतिबेला उनको करियर खराब चरणबाट गुज्रियो।

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार उक्त अवधिमा उनका १५ वटा फिल्म लगातार फ्लप भएका थिए।

त्यसपछि स्थिति यस्तो बन्यो कि अक्षय कुमारले क्यानाडाको नागरिकताका लागि आवेदन दिए।

२०१९ को लोकसभा चुनावमा उनले मतदानमा भाग नलिँदा उनको नागरिकताबारे सामाजिक सञ्जालमा हंगामा मच्चिएको थियो।

प्रधानमन्त्री मोदीसँग लिएको त्यो अन्तर्वार्ता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता अक्षय कुमारलाई अन्तर्वार्ता दिएका थिए, जुन २०१९ अप्रिल २४ मा प्रसारण भएको थियो। ६७ मिनेटको उक्त अन्तर्वार्ता भारतका अधिकांश समाचार च्यानलमा प्रसारण भएको थियो।

प्रधानमन्त्रीकै निवासमा लिइएको उक्त अन्तर्वार्तामा अक्षयले मोदीलाई उनका दिनचर्या, खानपिन, रुचि र बाल्यकालबारे प्रश्न गरेका थिए।

जसलार्य अक्षय कुमारले गैरराजनीतिक अन्तर्वार्ता भनेका थिए। अनि प्रधानमन्त्री मोदीले पनि अन्तर्वार्ताका क्रममा खुसी व्यक्त गर्दै निर्वाचनको समयमा गैरराजनीतिक अन्तर्वार्ता दिन पाउँदा खुसी लागेको बताएका थिए।

यो अन्तर्वार्ता सामाजिक सञ्जालमा टप ट्रेन्डमा थियो।

तर त्यसबेला पनि अक्षय कुमारको नागरिकताका विषयमा प्रश्न उठेको थियो। भनिएको थियो– प्रधानमन्त्री मोदीले बलिउडमा काम गर्ने भारतीय मूलका क्यानाडाली नागरिकलाई अन्तर्वार्ता दिए।

अब भने अक्षय कुमारलाई नागरिकताका विषयमा कसैले खिसिट्युरी गर्न पाउने छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com