ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अ‍ोलीले संसद विघटनको षडयन्त्र गरिरहेको प्रचण्डले बताउँदा ओली विघटनको बचाउमा


एबीसी न्यूज

 

 

काठमाडौँ ३० साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन नगरी नहुने भएकाले गरिएको बताएका छन् । नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ छ ।मंगलबारै प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारी निवासमा सम्पादकहरुसंग कुरा गर्दै ओली अहिले पनि संसद विघटनकै पक्षमा रहेको दावी गरेका छन् ।

मंगलबार नेकपा एमाले वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको बताए ।

 

उनले आफ्नो प्रधानमन्त्रीकालमा प्रतिनिधिसभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने पनि जिकिर गरेका छन् । त्यसबेला आफूहरुलाई ‘झुण्ड्याएर मार्ने डोरी’ बनाइएको भन्दै आफूले संसद्‍ विघटन गरिदिएर सो ‘डोरी छिनाल्दिएको’ दाबी गरे ।

साथै उनले प्रतिनिधिसभा विघटन त्यसबेलाको अपरिहार्यता भएको भन्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरेका छन् ।

ओलीले भने, ‘हामीले पुष ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गर्‍यौँ । विघटन गर्‍यौँ । हामीले ठिक ठानेर गर्‍यौँ । ठिक भनेर गर्‍यौँ । ठिक थियो र गर्‍यौँ । नगरी नहुने थियो र गर्‍यौँ । बिल्कुलै समसामयिक कदम चाल्यौँ । होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी उनीहरुले बनाएका थिए त्यो डोरी हामीले काटिदियौँ । षड्यन्त्र छिन्यो । षड्यन्त्र छिनेपछि उनीहरु असाध्यै आत्तिए । उनीहरुले जे योजना गरेका थिए वर्षौंदेखि, उनीहरुलाई त्यही डर थियो प्रतिनिधि सभा भंग गरेर अर्को बाटो लिने हुन् कि भन्ने थियो । प्रतिनिधि सभा पुनःस्थापना भयो तर प्रतिनिधि सभा पुनःस्थापना भएर पनि केही पनि बिग्रिएन किनभने हामी माथि त्यतिबेलाको सबभन्दा ठूलो प्रहार के थियो भने संगठनात्मक प्रहार थियो । हाम्रो संगठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो त्यस योजनालाई हामीले, त्यसको फेरि प्रत्यक्ष सम्बन्ध छैन । त्यो संसद आफू केही होइन । संसदको आफैँमा त्यसको अस्तित्व त्यस्तो थियो ? होइन । त्यसका क्रियाशिल पात्रहरु जो थिए उनीहरुको षड्यन्त्र र त्यसको पृष्ठभागमा बसेका पुतली नचाउने कुसुलेहरु थिए । उनीहरुको हिसावले प्रतिनिधि सभा भंग गर्नै नहुने कुरा थियो । गर्नै नहुने काम थियो । किनभने त्यो गरिसकेपछि हामी जे गथ्र्यौं त्यसबाट हामीलाई समाप्त पार्ने उनीहरुको योजना खत्तम हुन्थ्यो । हाम्रो लागि त्यो नगरी नहुने अपरिहार्य थियो । त्यो राजनीतिक, संवैधानिक, संसदीय कदम थियो । मुख्य रुपमा त्यो प्रतिक्रियावादी षड्यन्त्रको विरोधमा जाने एउटा सचेत कदम थियो । त्यो चाल्नैपथ्र्यो । त्यसपछि हामी फागुन ११ मा फेरि प्रतिनिधि सभा पुनःस्थापना हुँदासम्म हामी प्रतिनिधि सभामा मजबुत रुपमा, फेरिपनि प्रमुख पार्टीको रुपमा प्रतिनिधि सभा पुनःस्थापना हुँदासम्म पुग्यौँ ।’

अध्यक्ष ओलीले माधवकुमार नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको बताए । नेपालले दुई तिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएका बताए ।

उनले पार्टीका नेता, कार्यकर्ताहरु कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेको भन्दै त्यसरी अलमलमा नपर्न आग्रह पनि गरे ।

अध्यक्ष ओलीले त्यो ‘षड्यन्त्रु गर्ने समूह को हो भन्नेबारे विस्तृतमा भने खुलाएका छैनन् । यसअघि भने उनले पटक पटक पुष्पकमल दाहाल र माधव नेपालसहितका नेताहरूलाई लक्षित गर्दै तत्कालीन नेकपा फुटाएको आरोप लगाउने गरेका थिए । जवकि, केपी ओलीले दुईपटक संसद्‍ विघटन गरेसँगै ओली र दाहाल अध्यक्ष रहेको तत्कालीन नेकपा विभाजित बनेको थियो ।

‘हाम्रो संगठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो त्यस योजनालाई हामीले, त्यसको फेरि प्रत्यक्ष सम्बन्ध छैन । त्यो संसद आफू केही होइन । संसदको आफैंमा त्यसको अस्तित्व त्यस्तो थियो ? होइन । त्यसका क्रियाशील पात्रहरु जो थिए उनीहरुको षड्यन्त्र र त्यसको पृष्ठभागमा बसेका पुतली नचाउने कुसुलेहरु थिए । उनीहरुको हिसावले प्रतिनिधिसभा भंग गर्नै नहुने कुरा थियो । गर्नै नहुने काम थियो । किनभने त्यो गरिसकेपछि हामी जे गर्थ्यौं त्यसबाट हामीलाई समाप्त पार्ने उनीहरुको योजना खत्तम हुन्थ्यो । हाम्रो लागि त्यो नगरी नहुने अपरिहार्य थियो । त्यो राजनीतिक, संवैधानिक, संसदीय कदम थियो,’ ओलीले भनेका छन् ।

सर्वोच्च अदालतले त्यसबेला गैरकानुनी भनेको संसद्‍ विघटनको कदमलाई नेता ओलीले भने ‘प्रतिक्रियावादी षड्यन्त्रको विरोधमा जाने एउटा सचेत कदमु भन्दै व्याख्या गरेका छन् ।

 

संसद्फेरि विघटनतिर लान खोजिँदैछ, सफल हुन दिँदैनौँ :प्रधानमन्त्री

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com