ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महराका बाबुछोरामाथि आजभोलि नै सीआईबीले छानबिन थाल्छ :प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि आजभोलि नै छानबिन अघि बढाउने बताएका छन्।

सम्पादकहरुको टोलीसँग मंगलबार बालुवाटारमा बोल्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले उपाध्यक्ष महराका बाबुछोरामाथि छानबिन थालिने बताएका हुन्।

महराको स्पष्टीकरण स् मैले कुरा गरेका चिनियाँ व्यापारी सुन होइन फलफूल बेच्ने गर्थे
‘उपाध्यक्ष महरा र छोरालाई छानबिन गर्नुस् भनेर निर्देशन दिइसकेको छु’, उनले भने, ‘अब आजभोलिमै छानबिन अघि बढ्छ।’

महराले सुनकाण्डमा जोड्दै माओवादी उपाध्यक्ष वर्षमान पुनको फोटो पनि सार्वजनिक गरिएको बताए। उनले ८ वर्षअघि गाउँले चेलीसहितको फोटो भाइरल बनाइएको प्रकरण प्रष्ट भइसकेको बताए।

यसबारेमा वर्षमान पुनले आफ्ना भनाइ प्रष्ट पारिसकेको बताउँदै दाहालले महरालाई पनि सुनकाण्डबारे बोल्न भनिएको सुनाए।

महराले सुनकाण्डमा आफू नजोडिएको बताए पनि केन्द्रीय अनुसन्धान ब्युरोको रिपोर्टमा बाबुछोराकै नाम आएकाले यसको अनुसन्धान अघि बढ्ने बताए।

उनले यसबारेमा आफूहरुले सीआईबीलाई सोध्दा महरा दोषी नभएको तर नाम जोडिएको जवाफ आएको सुनाए। त्यसपछि आफैंले बयान नलिएकोबारेमा सीआईबीलाई सोधेको प्रचण्डले बताए। अब सीआईबीले महरालाई पनि प्रतिवादी बनाएर मुद्दा चलाउन लागेको उनले बताए।

सीआईबीले यो मुद्दा अल्झाइरहनु भन्दा छिटो प्रक्रियामा लैजाँदा राम्रो हुने आफ्नो धारणा रहेको प्रधानमन्त्रीले बताए। महरालाई जोगाउने नाममा कसैले पनि कुनै भमिका नखेलेको उनको भनाइ थियो।

पूर्वसभामुखसमेत रहेका महरा र छोरा राहुल चिनियाँ नागरिक वाङसँगको सुन तस्करीमा मुछिएका छन्। उनीहरु दुवैले ई(सिगरेटबाट नेपालमा सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वाङसँग २३४ पटकभन्दा धेरै फोन सम्पर्क गरेको खुलिसकेको छ।

उता महराले मंगलबार गृहजिल्ला दाङमा पुगेर सुन तस्करीमा मुछिएका भनिएका व्यापारी वाङ फलफूल व्यापारी भएको स्पष्टीकरण दिएका छन्।

उनले उनी फलफूल व्यापारी भएकाले रोल्पा र दाङसम्म आफैंले पुर्‍याएको पनि बताएका छन्। उनीसँग आफूले फोन सम्पर्क नगरेको दाबी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com