काठमाडौं ३० साउन । गते ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको सुन जोख्न सुरु गरिएको छ। राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा सुन गालेर जोख्न थालिएको हो।
टक्सार महाशाखामा राजस्व अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र राष्ट्र बैंकका अधिकारीको रोहबरमा सुन जोख्न थालिएको हो।
साउन ३ गते त्रिभुवन विमानस्थलबाट बरामद भएको १ सय ५५ वटा ब्रेक प्याडमा सुन रहेको पुष्टि भएको थियो।
त्यसलाई हिजो सोमबार खोलिँदा नगालेको पहेँलो धातु ६० केजी सात सय ८९ ग्राम तौल मात्रै पुगेको थियो।
त्यसलाई आज गालेर जोख्न थालिएको हो।
प्रतिक्रिया दिनुहोस्