ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महरा-पुत्र राहुलले सुन तस्करसँग फोन संवाद भएको स्वीकारे, तर तस्करीमा संलग्न नभएको जिकिर


abc

काठमाडौं ३० साउन । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराले इलेक्ट्रिक सिगरेट भेप भित्र लुकाएर ९ किलो सुन तस्करी गर्ने व्यक्तिसँग आफूहरूको फोन सम्पर्क भएको स्वीकार गरेका छन्। तर कसैसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न भएको भन्नु गलत हुने जिकिर पनि उनले गरेका छन्।

महराका बाबु–छोराले सुन तस्करसँग पटकपटक फोन संवाद गरेको कुरा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को अनुसन्धानले नै पुष्टि गर्दा पनि उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि नबढाइएको भनी समाचार आएपछि राहुलले आपत्ति जनाएका हुन्।

महरा(पुत्र राहुलले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामीले यसअघि नै विषय स्पष्ट पारिसकेका छौँ कि कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो।’

त्यसो त आफूहरूले यस विषयको अनुसन्धानमा सहयोग गर्ने भनेर भनिसकेको उल्लेख गर्दै उनले अपराध पुष्टि भए आफूहरू कानुनबमोजिम कारबाही भोग्न पनि तयार रहेको बताएका छन्।

उनले भनेका छन्, ‘राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रस्ट पारेका छौँ र प्रमाणित देखिए कानुनबमोजिम भागीदार हुनेछौँ।’

यस्तो छ राहुल महराको पूरा भनाइ–

हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरूप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौँ। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भर्त्सना गर्दछौँ।

सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफैँ न्यायालय बन्न खोज्नु हो। सञ्चारमाध्यमबाट एकोहोरो आक्रमण हुनुको पछाडि हामीले बुझ्न सकेका छैनौँ।

हामीले यसअघि नै विषय स्पष्ट पारिसकेका छौँ कि कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो।

राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रस्ट पारेका छौँ र प्रमाणित देखिए कानुनबमोजिम भागीदार हुनेछौँ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ॐ शब्द शब्दकोषबाट हटाएको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी पूर्वशिक्षामन्त्री शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com