ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको सिम्लामा पहिरोले मन्दिर भत्किँदा ९ जनाको मृत्यु, २० भन्दा बढी पुरिएको अनुमान


abc tv

काठमाडौँ । भारतको हिमाचल प्रदेशको सिम्लास्थित भारी वर्षासँगै पहिरो जाँदा त्यहाँको प्राचिन मन्दिर भत्किएर ९ जनाको मृत्यु भएको छ । अरु कम्तीमा २० जना मानिस भत्किएको संरचनाभित्र पुरिएको बताइएको छ ।

घटनास्थलमा अहिले ठूलो संख्यामा उद्धार टोली खटाइएको छ । हिमाचल प्रदेशमा पछिल्लो केही दिनयता भारी वर्षा हुँदा विभिन्न स्थानमा बाढीपहिरो गएको छ । बीबीसीको समाचार अनुसार पछिल्लो २४ घन्टाको अवधिमा बाढीपहिरोमा परी २१ जनाको मृत्यु भइसकेको छ ।

मन्दिर भत्किएको स्थानमा अवलोकनका लागि पुगेका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले घटनास्थलमा २० देखि २५ जना मानिस पुरिएको हुनसक्ने बताएका छन् । पर्यटकीय सहर सिम्लाको दृश्यावलोकन गर्न र चिसो मौसमको आनन्द लिन हरेक वर्ष हजारौं मानिस घुमघामका लागि जाने गर्छन् ।

केही दिनयता वर्षा र बाढीका कारण बगाउँदै गरेका गाडी र भवनहरूको भिडियो फुटेज सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् । मुख्यमन्त्री सुखुले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित रुपमा घरभित्रै सतर्क भएर बस्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

दिल्लीमा न्युजक्लिकमा आबद्ध पत्रकारको घरमा, दिल्ली प्रहरीको छापा

भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा ५२ को मृत्यु

भारतको मणिपुर फेरि तनावग्रस्त

इराकमा विवाह समारोहमा आगलागी हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गयो

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com