काठमाडौं, २९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक किलो सुन प्रकरणको छानबिनमा सरकारको दबाब र प्रभाव प्रष्ट देखिएको दाबी गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञावालीले सो कुरा बताएका हुन्।
साथै, सरकारले प्रतिपक्षीको आवाजलाई दबाउन खोजेको पनि उनले बताए।
‘सरकारले जुन ढंगले छानबिनमा आलटाल गरेर प्रतिपक्षीको आवाजलाई दबाउन खोजिरहेको छ, सांसदहरुलाई प्रतिशोधपूर्ण तरिकाले अघि बढ्दैछ,’ ज्ञवालीले भने, ‘सीआईबीले नाम किटान गरेको पात्रलाई छानबिनमा नल्याउने, सरकारी वकिलले उनीहरुको नाम हटाएर मुद्दा दायर गर्ने स्थिति रहेको छ। यो सबै दबाब र प्रभाव प्रष्ट देखिन्छ।’
एमालेले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने बताउँदै आएको छ। सोही माग राख्दै आज बसेको संसद् बैठकमा पनि एमालेले नाराबाजी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्