ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार काण्डका सबै फाइल खोलौं, कसैले छुट पाउनु हुँदैन: गगन थापा


एबीसी न्यूज

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार काण्डका सबै फाइल खोल्नुपर्ने बताएका छन्।

यी काण्डहरूमा संलग्न देखिएमा जुनसुकै पार्टीका भए पनि नेतादेखि सांसद कसैलाई छाड्न नहुने थापाले बताए।

नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दल बैठकमा बोल्दै थापाले भने, ‘हाम्रा स्मृतिमा रहेका जति ठूला भ्रष्टाचार काण्डहरूका सबै फाइल खोलौं। अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस् तर दोषी देखिएमा जुनसुकै दलका नेता, नाता, सांसद, मन्त्री कसैले पनि छुट पाउनु हुँदैन।’

थापाले सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराकोसमेत नाम आइरहेकोले त्यसतर्फ पनि सरकारले छानबिन गर्नुपर्ने बताएका छन्।

माओवादीको आइतबार बसेको पदाधिकारी बैठकमा सुन प्रकरणबारे प्रष्ट पार्न महरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका खबर आएको भन्दै उनले माओवादीले भन्दा पनि यसमा सरकारका निकायहरूले छानबिन गरिनुपर्ने बताए।

केही दिनअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माओवादीका लडाकू शिविर घोटालाको छानबिन गर्नुपर्ने कुरा उठान गरेको प्रसंग निकाल्दै थापाले भने, ‘ललिता निवास प्रकरणमा नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न सर्वोच्चले आदेश दिएपछि त्यसको प्रतिक्रियामा भट्टराईको यस्तो भनाइ आयो।’

नेताहरूका नाम कुनै काण्डमा जोडिनेबित्तिकै शीर्ष नेताहरूले यस्ता कुरा बताउने गरेको थापाको भनाइ छ। ‘कुनै एक काण्डमा शीर्ष नेताका नाम जोडियो भने ए मेरो मात्र छानबिन गर्ने तिम्रो नाम जोडिएको काण्ड के हुन्छ भनेर भन्ने गरिएको छ,’ उनले भने, ‘यसरी आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने यस्तो अवस्था बदल्नुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com