काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको सुन प्रकरणमा माओवादीले धारणा प्रष्ट पारेर नहुने बताएका छन् ।
संसदीय दलको बैठकमा आफ्ना धारणा राख्दै उनले यसमा पार्टीले नभइ राज्यका निकायले छानबिन गर्नुपर्ने धारणा राखे ।
“यस विषयमा कुनै पार्टी वा व्यक्तिले स्पष्ट पारेर हुँदैन,” उनको भनाई थियो, “तुरुन्त राज्यका निकायले छानबिन गर्नुपर्छ । प्रधानमन्त्रीको पार्टीको होस् कि जो सुकै होस् छानबिनको दायरामा आउनैपर्छ ।”
उनले कुनै एउटा काण्डमा शीर्ष नेताहरुको नाम जोडियो भने हाम्रो नेताको मात्रै तिम्रो खोई त रु भन्ने प्रश्न उठ्न थालेको बताउँदै यस्तो धारणा बदल्नुपर्ने बताए । “जो सुकै जुनसुकै पार्टीको होस् छानबिनको दायरामा आउनुपर्छ,” उनको भनाई थियो ।








प्रतिक्रिया दिनुहोस्