काठमाडौ साउन २९ । नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको पनि सबै ढोका खोलिएको छ।ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ३६ वटै ढोका खोलिएको नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।
उनका अनुसार ब्यारेजमा अहिले २ लाख ८३ हजार क्युसेक पानी प्रवाह भइरहेको छ ।गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नदीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।








प्रतिक्रिया दिनुहोस्