काठमाडौ साउन २९ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णय अनुसार आइतबार नेपालभरका ७५३ वटा स्थानीय तहमा बिरोध तथा माग पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ ।यसैक्रममा नेपाल शिक्षक महासंघ, सिन्धुपाल्चोक सुनकोशीको आयोजनामा शिक्षकहरूले गाउँपालिकामा धर्नासहित ज्ञापनपत्र बुझाएका छन ।ऎन २०७४ लाई शिक्षा ऎन २०२८ तथा शिक्षा नियमावली २०५९ खारेज नहुदै कार्यान्वयनमा ल्याउनु आपत्तिजनक भएको तथा बिधमान ऎन कानुन संग बाझिन गएको जनाएको छ ।
तत्काल समस्या समाधानको पहल नगरेमा सुनकोशी महासंघले चरणबद्ध आन्दोलन गर्न बाध्य हुने बताएको छ । संघीय शिक्षा ऐनको बिरोधमा देशैभरिका पालिकामा बिरोधका कार्यक्रमको सुरुवात गर्दै शिक्षक महासंघले बिरोधस्वरुप धर्ना दिएको हो। त्यस्तै महासंघले साउन ३० गते जिल्ला शिक्षा समन्वयमा बिरोध प्रदर्शन गर्दैछ । संघीय शिक्षा ऐनले शिक्षकहरुको अधिकार कुण्ठित गरेको र पहिले भैइसकेको ५१ बुदे र ३० बुदे सहमती बिपरित रहेको भन्दै देशै भरिका शिक्षाकहरु आन्दोलित भएका हुन् ।
धर्नापछी ज्ञापनपत्र बुझाउदै नेपाल शिक्षक महासंघ सुनकोशीका अध्यक्ष सिताराम पराजुलीले देशको विभिन्न राजनैतिक परिवर्तनमा शिक्षकको महत्त्वपूर्ण भुमिका रहेको भन्दै सरकारले सधैं शिक्षकलाई उपेक्षा गर्न नहुने बताए । त्यस्तै ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनाले शिक्षकहरूको मागप्रति आफू सकारात्मक रहेको भन्दै आन्दोलनमा आफ्नो नैतिक समर्थन रहेको बताए । धर्ना कार्यक्रममा शिक्षक नेताहरू नेपाल शिक्षक संघ सुनकोशीका अध्यक्ष साङ्ग दोर्जे लामा, नेपाल शिक्षक संघ जिल्ला सदस्य कृष्ण उप्रेती, नेपाल रास्ट्रीय शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिक्षकहरुको उपस्थित रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्