काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका ७ डाक्टरमध्ये एकजना सक्कली भएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले नियन्त्रणमा लिएका रन्जितकुमार यादवको शैक्षिक प्रमाणपत्रमा कुनै समस्या नभएको पाइएको हो ।
सीआईबीले त्यही नाम गरेका व्यक्तिलाई नक्कली भनेर सक्कली डाक्टरलाई नियन्त्रणमा लिएको देखिएको छ । सीआईबीका एक अधिकारीले मेडिकल काउन्सिलले गलत विवरण दिएको आधारमा सक्कली डाक्टर पक्राउमा परेको बताए ।‘कसरी छाड्ने भनेर कुरा भइरहेको छ’, ती अधिकारीले भने । महोत्तरीको पिपरा गाउँपालिका–८ स्थायी घर भएका यादवलाई तीन दिनअघि नियन्त्रणमा लिइएको थियो । काठमाडौं जिल्ला अदालतले यादवसहित ७ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिनको समय दिएको छ ।जार







प्रतिक्रिया दिनुहोस्