ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैशाखदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने


एबीसी न्यूज

काठमाडौं, २६ साउन । सुर्तीजन्य वस्तु ९सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु० अब प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ । सरकारले अन्तःशुल्क नियमावलीमा २४ औं संशोधनमार्फत यस्तो नियम ल्याएको हो । आन्तरिक राजस्व विभागका अनुसार यो नियम १ वैशाख २०८१ देखि लागु हुनेछ ।

सो अवधिसम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने भएको छ । नियमावलीमा संशोधन गर्दै भनिएको छ, ‘सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानल १ वैशाख २०८१ देखि प्लास्टिक बाहेकका जैविक रुपमा सडेर जाने ९बायोडिग्रेडेबल० सामग्रीमा मात्र प्याकिङ गर्नुपर्नेछ ।’

आयातकर्ताले समेत प्लास्टिकका खोलमा बेच्न नपाउने

सरकारको नियमअनुसार अब आयातकर्ताले समेत नेपाल भित्र प्लास्टिकका खोलमा यस्ता वस्तु बिक्री गर्न नपाउने भएका छन् । उनीहरुको हकमा पैठारी गर्न इजाजत पाएका प्रतिष्ठानले त्यस्ता वस्तुको प्याकिङ सड्ने वस्तुमै गर्नुपर्ने गरी नियम ल्याइएको छ । अहिले खासगरी भारतबाट अन्धाधुन्ध यस्ता वस्तु नेपाल आयात भइरहेका छन् ।

विभागले गरायो सचेत

आन्तरिक राजस्व विभागले तोकिएको अवधिभित्रै सो प्रावधान लागु गर्ने गरी तयारीमा जुट्न सुर्ती उत्पादकहरुलाई सचेत गराएको छ । जैविक रुपमा सडेर जाने सामग्रीमा मात्रै यस्ता वस्तु प्याकिङ गर्न र पैठारीमा समेत यही नियम लागु हुने भन्दै यसको आवश्यक तयारीमा जुट्न विभागले प्रतिष्ठानहरुलाई सचेत गराएको हो । १ वैशाख २०८१ देखि यो प्रावधान कार्यान्वयन नगरेमा कानुन अनुसार कारावाहीको चेतावनी सरकारले दिएको छ ।

सार्वजनिक स्थलमा सेवनमा लगाइएको रोक भने कार्यान्वयनमा छैन

सरकारले सुर्तीजन्य पदार्थलाई सार्वजनिक स्थलमा सेवन गर्न रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७६ फागुनमा एक सूचना जारी गरी सार्वजनिक स्थलमा सुर्तीजन्य वस्तु सेवनमा रोक लगाएको थियो । जसमा सरकारी कार्यालय, शिक्षण संस्था, विमानस्थल तथा सार्वजनिक सवारी, सार्वजनिक शौचालय, उद्योग, कलकारखाना, होटल, रिसोर्ट, सार्वजनिक प्रतीक्षालय तथा रंगशालासहितका धेरै व्यक्तिको भेला हुने स्थानमा यस्ता वस्तुको सेवनमा रोक लगाएको हो । यसलाई काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको भए पनि यसको सार्वजनिक स्थलमा हुने खुलेआम सेवन अझै रोकिएको छैन ।

अन्तःशुल्क स्टिकरको सुरक्षाका लागि अब पारदर्शी खोल प्रयोग गर्नुपर्ने

उता, अन्तःशुल्क स्टिकरको सुरक्षाका लागि अब पारदर्शी प्लास्टिकको खोल प्रयोग गर्नुपर्ने भएको छ । यो नियम भने १ असोजदेखि कार्यान्वयनमा आउने आन्तरिक राजस्व विभागले जनाएको छ ।

अन्तःशुल्क नियमावली २०५९ मा भएको २४ औं संशोधनले यस्तो व्यवस्था गरेको भन्दै विभागले सूचित गरेको छ । नयाँ नियम अनुसार १ असोजदेखि पैठारी गर्ने इजाजतपत्रवालाले समेत पैठारी गरेको मदिरा ९बियर, वाइन र साइडरबाहेक०को बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाका लागि पारदर्शी प्लास्टिकको खोल प्रयोग गर्नुपर्ने व्यवस्था गरेको हो । १ असोज २०८० देखि यो नियम उल्लंघन भएमा कानुन अनुसार कारवाही हुने समेत विभागको चेतावनी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com