काठमाडौं, २६ साउन । दोलखामा एउटा यात्रीवहाक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । शुक्रबार बिहान करिब सवा ९ बजे बा२ख ५४२९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखामा सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।
दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बस दुर्घटना भएको उनले बताए । च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा घाइतेहरूको उपचार भइरहेको उनले जानकारी दिए ।
“२१ जना घाइतेलाई अस्पतालमा ल्याइएको छ । घाइतेको उपचार हुँदै छ, अवस्था गम्भीर देखिएको छैन,” प्रहरी निरीक्षक सिग्देलले बाह्रखरीसित भने, “एकरदुईजनाको टाउकोमा अलि बढी चोट लागेको देखिन्छ ।”
बस सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको उनले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्