ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीआईबीको ‘अपरेसन क्वाक’ राडारमा थिए सुनील शर्मा र रञ्जित झा, दुवै पक्राउ, सभामुखलाई जानकारी


एबीसी न्यूज

 

विराटनगर २५ साउन। नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा नक्कली शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर बिहीबार पक्राउ परेका छन् ।

झापाको दमकमा २०३४ पुस २२ गते जन्मिएका शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक हुन् । उनी २०७९ का संसदीय निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
मोरङस्थित आफ्नो निर्वाचन क्षेत्रका सर्वसाधारणलाई निःशुल्क उपचार गराएर शर्मा निकै चर्चामा आएका थिए । उनले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउनुका साथै मेडिकल कलेजमाफृत निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा उनलाई पक्राउ गरेको सीआईबी स्रोतले बतायो ।
नेकपा एमालेका भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गरेका शर्मा २०७४ को निर्वाचनमा भने उनै ढकालसँग पराजित भएका थिए । पछिल्लो निर्वाचनमा शर्माले ४८ हजार ६३१ मत प्राप्त गर्दा एमालेका ढकालले २५ हजार ८९५ मत पाएका थिए ।

नेपाली कांग्रेसको १३औँ राष्ट्रिय महाधिवेशनमा शर्मा महाधिवेशन प्रतिनिधि थिए । पार्टीको आन्तरिक चुनावमा मोरङको केराबारी गाउँपालिकामा शर्माले गोपाल थापालाई पराजित गरेका थिए ।

मोरङको बेलबारी नगरपालिका स्थायी बसोबास भएका शर्माले माध्यमिक तहको अध्ययन कालिकोटमा गरेको बताइन्छ । त्यो भन्दा अगाडि शर्मा मोरङकै लेटाङ नगरपालिकास्थित लेटाङ माध्यमिक विद्यालय अध्ययन गर्थे । अनुत्तीर्ण भएपछि उनी अध्ययनकै लागि कालिकोट गएको बताइन्छ । त्यहाँ पञ्चदेव उच्च माविमा ९ कक्षामा भर्ना भएका उनी मामासँग बस्थे । लेटाङमा भने शर्मा राजेन्द्र न्यौपानेको नामबाट परिचित थिए । पछि सुनील शर्माको नामबाट चिनिन थालेका थिए ।

कांग्रेसका मोरङ जिल्लास्थित एक नेताका अनुसार शर्मा नोबेल मेडिकल कलेजको सञ्चालक भएर आएपछि कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् । पछिल्लो समय उनी नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला निकट मानिन्थे । कोइरालाकै सिफारिसमा शर्माले मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि टिकट पाएका थिए ।

नोबेल मेडिकल कलेजका तत्कालीन सञ्चालक डा. ज्ञानेन्द्र गिरी, नवराज पाण्डेलगायतलाई माओवादी शान्ति प्रक्रियामा आउनबित्तिकै काभ्रेमा लगेर कुटपिट गराएको आरोपसमेत उनीमाथि छ । २०६४ सालमा बिना सेयर नोबेलमा लगानीकर्ता बनेका शर्मा त्यसपछि विभिन्न प्रक्रियाबाट आफ्नो एकल स्वामित्वमा ल्याउन सफल भएका थिए ।

२०७३ सालमा नक्कली प्रमाण पत्रधारी चिकित्सकविरुद्ध सीआईबीले ‘क्वाक अपरेसन’ सञ्चालन गरेपछि शर्मा लामो समयसम्म जापान र दुबईमा लुकेर बसेका थिए । शर्माको आईएसीको सर्टिफिकेट भारतीय भएको बताइन्छ । उनले एमबीबीएस चीनबाट उत्तीर्ण गरेको दाबी गर्दै आएका छन् ।

सुनील शर्मा हालैमात्र ओशो तपोवन गई साता लामो ध्यान शिविरमा बसेर ओशो सन्न्यासी बनेका छन् । उनले स्वामी आनन्द अरूणबाट सन्न्यास धारणा गरी ओशो मालासमेत लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com