ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार संसद अवरोधको विरोधमा रास्वपाका सांसदले संसद गेटमै बैठक चलाए !


ABC NEWS

काठमाडौं २४ साउन । संघीय संसद भवनको मुलगेटमा बोल्दै रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछाने। तस्बिरस् मनोज सत्यालरसेतोपाटी।संघीय संसद भवनको मुलगेटमा बोल्दै रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछाने। तस्बिरस् मनोज सत्यालरसेतोपाटी।
लगातार प्रतिनिधि सभा बैठक अवरोध हुँदा जनताका कुरा राख्न नपाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बुधबार रचनात्मक रूपमा विरोध गरेको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको मुलगेटमा रास्वपाका २० जना सांसदहरूले सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै आ(आफ्ना कुरा राखेका हुन्।

रास्वपा सांसदहरूले प्रतिनिधि सभा बैठकमै सम्बोधन गरेजसरी कुराहरू राखेका थिए।

रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सुन प्रकरण छानबिन गरिनुपर्ने विषयमा बोले। उनले धारणा राख्दा अरू सांसदहरूले डायरीमा ढ्यापढ्याप गर्दै समर्थन गरेका थिए।

सांसद तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रबारे कुरा राखेकी थिइन् भने शिशिर खनालले आफ्नो निर्वाचन क्षेत्र सामाखुसीको ढल व्यवस्थापनबारे कुरा राखेका थिए।

सांसद स्वर्णिम वाग्लेले अर्थतन्त्रबारे बोलेका थिए। निर्माण व्यवसायीहरूले भुक्तानी नपाएर आन्दोलन गरेका विषयबारे उनले कुरा राखेका छन्।

सांसद सुमना श्रेष्ठले तामाङ समुदायमाथिका अभिव्यक्तिलाई लिएर त्यसैमा राजनीति गर्न खोजिएकोतर्फ ध्यानाकर्षण गराएकी थिइन्।

प्रतिनिधि सभा अवरोध भइरहेकोले संसदीय अभ्यास गर्न नपाएको भन्दै रास्वपाले रचनात्मक तरिकाले विरोध गरेका हुन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै लगातार प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ।

एमालेको नाराबाजी र वेल घेराउपछि बुधबारको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

नेपाल–चीनका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री (यस्तो छ पूर्णपाठ)

सम्बन्धित

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

नेपाल–चीनका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री (यस्तो छ पूर्णपाठ)

मेरो चीन भ्रमणले आपसी विश्वास बढेको छ : प्रधानमन्त्री प्रचण्ड

दुई हप्तापछि काठमाडौं आइपुगे प्रधानमन्त्री

चीन भ्रमण सकिएपछि छेन्दु विमानस्थलबाट बिदा भए प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com