काठमाडौं, २४ साउन । महाकाली नदीमा भीषण बाढी आएकाले डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिइएको छ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान १० बजे सूचना जारी गरी महाकाली नदी आसपासका बासिन्दालाई सतर्क रहन भनेको हो।
सूचनामा भनिएको छ– महाकाली नदी डडेलधुरास्थित पारिगाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह ५।८०० मि। पार गरेको र बढ्दो रहेकोले डडेलधुरा, कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहनुहुनेहरूले दिउँसो ३ बजेसम्म सतर्कता अपनाइराखौँ।








प्रतिक्रिया दिनुहोस्