ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‌मा रविको प्रश्न– तीन नेता मिलेर रातारात किन बार्गेनिङ नगरेको?


एबीसी न्यूज

काठमाडौं २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले संसद् बैठक चल्ने समय कुनै अमुक दलका नेताहरूको कुरा मिल्ने र नमिल्नेमा सीमित भएको भन्दै आपत्ति जनाएका छन्।

मंगलबार संसद्मा आकस्मिक समय लिएर बोल्दै उनले तीन जना शीर्ष नेताहरू बसेर जनताका जनप्रतिनिधिको समयमाथि खेलवाड गर्दै संसद् बन्धक बनाएको आरोप लगाए।

‘सदन चल्ने समय एउटा हो भनिसकेपछि त्यो सदन समयमा चल्नुअघि चाहे रात परोस् चाहे बिहान होस्, देखिएका आवश्यक पर्ने दलका नेताहरु अगाडि नै बैठक बसेर सभामुखज्यूमार्फत आएको सदन चल्ने समयमा किन चल्दैनरु,’ सभापति लामिछानेले प्रश्न गर्दै भने।

प्रत्येक दिन सदनमा जनतका प्रतिनिधिहरु आएर घडि हेरेर सदन कहिले खुल्छ भनेर बसिरहेको उनले बताए।

‘तीन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए, संसदको समय कहिले सुरु हुन्छ भनेर समय जारी भइसकेपछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुरा मिल्ने, मिल्नुपर्ने कुरा मिलाउने पहिल्यै किन हुँदैनरु,’ सांसद् समेत रहेका लामिछानेले भने, ‘हाम्रो आरोपअनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सकिँदैन ? सदन चल्ने बेलामा नै किन गरिन्छ ?

साथै, उनले सभामुखबाट संसद् चल्ने सूचना टाँस भइसकेपछि सदनमा घन्टी बज्नुपर्नेबारे रुलिङ हुनुपर्ने बताए।

‘हामीलाई आशंका छ, केही दलका केही नेताहरु बसेर यतिका जनप्रतिनिधिका तर्फबाट आफूले निर्णय गरेर संसदलाई बन्धक बनाउन पाइँदैन। आज सभामुखबाट रुलिङ होस् संसद बस्छ भनेर सूचना टाँसिएपछि सदनमा घन्टी बज्छ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com