ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालको स्पष्टीकरण : ललिता निवासमा बदमासी गरेको छैन


एबीसी न्यूज

काठमाडौं २३ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ललिता निवास जग्गा प्रकरणबारे स्विटजरल्यान्ड पुगेर प्रष्टीकरण दिएका छन्।

सोमबारबाट युरोपियन मुलुकको भ्रमणमा लागि निस्किएका अध्यक्ष नेपालले स्वीट्जरल्यान्ड पुगेर आफूले बालुवाटार जग्गा प्रकरणमा बदमासी नगरेको दाबी गरेका छन्।

‘नबिराउनु, नडराउनु। मैले केही बिराएको छैन। बदमासी गरेको छैन। मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टर प्लान अघि बढाउने पक्षमा निर्णय गरेको हुँ,’ उनले स्पष्टीकरण दिँदै भनेका छन्।

उक्त प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिन नहुने भन्दै सर्वोच्च अदालतको आइतबारको निर्णयमा आफूले कुनै प्रतिक्रिया नदिने नेपालले बताएका छन्।

सर्वोच्चले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णयमा संलग्नमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल र अर्का पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईमाथि पनि अनुसन्धानको बाटो खुलेको छ।

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धानको बाटो खुल्यो
‘कुनै किसिमको अनुचित काम मैले गरेको छैन। कुनै पनि व्यक्तिलाई उन्मुक्ति दिने होइन, छानबिन गर्ने हो। बदमासी गरेको छ भने दण्डित गर्ने हो,’ उनले भने, ‘मैले बदमासी गरेको छैन भन्ने मलाई पूरा विश्वास छ। मैले राष्ट्र र राष्ट्रिय सम्पत्तिको विरुद्ध, भ्रष्टाचारको पक्षमा मुछिने कुनै काम गरेको छैन। मैले अदालतको निर्णयबारे केही भन्नुपर्ने छैन।’

२०६६ साल चैत २९ गते, २०६७ साल वैशाख ३१ गते र २०६७ साल साउन २८ गते तीन पटकसम्म नेपाल नेतृत्वको मन्त्रिपरिषद्को निर्णयबाट ललिता निवासको ११३ रोपनी जग्गामा नक्कली मोही खडा गरी जग्गा सट्टा भर्ना दिइएको थियो।

प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै नक्कली मोही खडा गरिएको थियो। यस प्रकरणमा सर्वोच्च अदालतले नीतिगत निर्णय गर्नेमाथि पनि कारबाही चलाउन आदेश दिएको छ।

सर्वोच्चको उक्त आदेशअनुसार तत्कालीन तीनजना भूमिसुधार मन्त्रीहरु विजय गच्छदार, डम्बर श्रेष्ठ चन्द्रदेव जोशी तथा राज्यमन्त्री सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com