ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामसङ ग्यालेक्सी जेड फ्लिप–५ र ग्यालेक्सी जेड फोल्ड–५ को प्रि–अर्डर सुरु, मूल्य कति?


एबीसी न्यूज

काठमाडौं २३ साउन । सामसङ नेपालले आफ्नो ५औं जेनेरेसनको ग्यालेक्सी फोल्डेबलहरुः ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर गर्न सकिने जानकारी दिएको छ।

प्रयोगकर्ताहरुले स्लीक र कम्प्याक्ट डिजाइनहरु, अनगिन्ती अप्सन्स्हरु र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पनि पाउनेछन्।

कम्पनीका अनुसार नयाँ फ्लेक्स हिन्जले सुन्दरताको सन्तुलन र ठोस डिजाइनसँगै फोल्ड गर्न मिल्ने अनुभवलाई सम्भव तुल्याएको छ। यी अतुलनीय फोल्ड गर्न मिल्ने मोबाइलहरुमा असाधारण क्यामरा क्षमताहरु जडित गरिएका छन्। लेटेस्टे प्रोसेसरद्वारा शक्ति प्रदत्त टिकाऊ ब्याट्री र बलियो पर्फरमेन्सका साथ सामसङ ग्यालेक्सी जेड सिरिजले चालु वा बन्द अवस्थामा स्मार्टफोनसँग हुने सम्भावनालाई रुपान्तरण गरेको छ।

नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को यी पाँचौं जेनेरेसनका फोल्डेबलहरुको प्रि९अर्डर गर्न सक्नेछन् र प्रि–अर्डरसँगै प्रि–गिफ्टहरु पनि प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले यी उपकरणहरुको प्रि–अर्डर सामसङको आधिकारिक स्टोरहरुमा गइ गर्न सक्नेछन्।

ग्यालेक्सी जेड फ्लिप ५ सम्झौता बिना स्व–अभिव्यक्त गर्ने एकमात्र पकेटेबल फोन हो।

कम्पनीका अनुसार ग्यालेक्सी जेड फ्लिप ५ले सेल्फ एक्सप्रेसनको लागि निर्मित कुनै पकेट साइजको उपकरण मध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ।

ग्यालेक्सी जेड फ्लिप ५ तीन रङ्गहरुमा उपलब्ध छन मिन्ट, लाभेण्डर र कालो। यसको बजार मूल्य ८ं२५६ जिबिको मोडलको लागि रु।१ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

ग्राहकहरुले प्रि–अर्डरका २ वटा गिफ्टहरु २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए७ लाइट एलटिइ३ं३२ जिबि मध्ये कुनै एक रोज्न सक्नेछन्, जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि रु।५ हजार र सामसङ ए७ लाइट एलटिइको लागि दुई हजार रुपैयाँ अतिरिक्त व्यहोर्नु पर्नेछ।

ग्यालेक्सी जेड फोल्ड ५ः विशाल स्क्रीनयुक्त एकमात्र उत्पादकत्व भएको पावरहाउस फोन हो।

विशाल स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ। ग्यालेक्सी जेड फोल्ड ५ कालो र लाईट ब्लु रङ्गमा उपलब्ध छन्।

ग्यालेक्सी जेड फोल्ड ५,१२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि भण्डारण क्षमता भएका छन्। ग्यालेक्सी जेड फोल्ड ५ १२ं२५६ जिबि० को मुल्य रु।२ लाख २६ हजार ९९९ र ग्यालेक्सी जेड फोल्ड ५ १२ं५१२ जिबि० को मूल्य रु।२ लाख ३९ हजार ९९९ कायम गरिएको छ।

यसका साथै ग्यालेक्सी जेड फोल्ड ५ १२ं२५६ जिबि को प्रि–अर्डरमा आकर्षक उपहारहरु पनि ग्राहकहरुले रोज्न सक्नेछन् उदाहरणको लागि ग्राहकहरुले फोन कभरसँगै प्रि मेमोरी अपग्रेड गर्न पाउनेछन् वा रु। तीन हजार थपेर २४ इन्चको सामसङ मोनिटर वा रु।४० हजार थपेर ४७ एमएमको ग्यालेक्सी वाच ६ क्लासिक प्राप्त गर्न सक्नेछन्।

समग्रमा ग्राहकहरुले प्रि–अर्डर मार्फत् बढीमा रु।२५ हजार सम्मको लाभ लिन सक्नेछन्। साथसाथै नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ मा स्तरोन्ति गर्न वा किन्नका लागि उनीहरुले इन्स्टा फाइनान्स सुविधाको पनि प्रयोग गर्न सक्नेछन्।

न्यूनतम ईएमआई प्रति महिना रु।७ हजाका दरले शून्य प्रतिशत ब्याजमा शुरु हुनेछ। ग्राहकहरुले एक वर्षभित्र एकपटक ब्रेकेज इन्सुरेन्सको साथ एकपटक प्रोटेक्टिभ फिल्म पनि प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले एक्स्चेन्ज सुविधाको पनि लाभ उठाउन सक्नेछन्।

दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाऊपनाको अपेक्षा पूर्ति गर्ने गरी निर्माण गरिएको छ। साथै आईपीगुणा८ को समर्थन, अलुमिनियम फ्रेमहरु, र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ। उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण ५ वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको ४ पुस्ताका साथ उपलब्ध छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com