काठमाडौं, २२ साउन । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या आठ हजारनजिक पुगेको छ । सन् २०२३ जनवरीयता अगस्ट ६ सम्म सात हजार ७३३ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ ।
डेंगी संक्रमणका कारण सुनसरीको धरान उपमहानगरपालिकामा मात्र आठ र सुनसरीमै थप एक गरी नौजनाको मृत्यु भएको छ । तर, महाशाखाले हालसम्म सातजनाको मात्र मृत्यु पुष्टि गरेको छ ।
जुलाईमा मात्र तीन हजार ६२६ संक्रमित थपिएको महाशाखाले जनाएको छ ।
यो वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण० देखिएको महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए ।
विश्वका धेरै देशमा डेंगीका चारै सेरोटाइप देखिएको छ । नेपालमा डेंगी १, २, ३, ४ नाम दिइएको छ । फरक–फरक सेरोटाइपसहित डेंगी दोहोरिए बिरामीको अवस्था सिकिस्त हुने उनले बताए ।








प्रतिक्रिया दिनुहोस्